उदयपुरका २ केन्द्रमा महिला मतदान अधिकृत

२0७९ मंसिर २ शुक्रबार
उदयपुरका २ केन्द्रमा महिला मतदान अधिकृत

उदयपुर, मंसिर २

महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण दिन उदयपुरका दुई महिला तयार भएका छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशभा चुनावमा पुरुष समान अधिकारको उपयोग गर्न तयार हुने महिला अधिकृतहरु हुन् सुनिता प्रधान र रत्नकुमारी राई । 


उनीहरु जिल्लाको एउटा मतदानस्थल अन्तर्गत मतदान केन्द्र र ख मा अधिकृत भएर चुनाव गराउन राजी भएका छन् । क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिका ९ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रमा उनीहरुले चुनाव गराउनेछन् । 


ती केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला कर्मचारी परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।  केन्द्र (क) को मतदान अधिकृत प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुसँगै दुवै केन्द्रका सबै कर्मचारी महिला मात्र परिचालन गरिने छन् । 


आसन्न चुनावका लागि सो मतदानस्थलमा १ हजार ८ सय ९९ मतदाता रहेका छन् ।