एमाले नेता बिकलगायत आधादर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

२0७९ कार्तिक २९ मंगलवार
एमाले नेता बिकलगायत आधादर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

  • शमसेर राई


उदयपुर, कात्तिक २९

मंसिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पूर्व सन्ध्यामा नेकपा (एमाले) मा पहिरो जाने क्रम रोकिएको छैन । जतिजति चुनाव नजिकिदैछ, उत्ति नै एमालेका नेता कार्यकर्ताहरु एकपछि अर्काले पार्टी छाड्ने लहर चलिरहेको छ । 


केही दिनअघि खोटाङमा एमालेको ठूलो कार्यकर्ता टोली माओबादी केन्द्रमा प्रवेश गरेका थिए । यता उदयपुरमा पनि मंगलबार एमालेका आधादर्जन प्रतिबद्ध कार्यकर्ताले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्नेमा एमाले बेलका नगर कमिटी सदस्य जयरित विश्वकर्मासहित आधादर्जन कार्यकर्ता रहेका छन् । 


मंगलबार विहान बेलका नगरपालिका ३ रातापानीस्थित बामलोकतान्त्रिक गठबन्धनले  आयोजना गरेको चुनावी सभामा बिश्वकर्मासहित कार्यकर्ता एमाले त्यागेर काँग्रेसमा प्रवेश गरेका हुन् । बिक बिगत ४० वर्षदेखि एमालेमा रहेर निष्ठापूर्वक काम गर्दै आएका इमान्दार कार्यकर्ता हुन् भने उनीसँगै एमाले छाड्नेहरु पनि संगठित सदस्य हुन् ।


बिक स्थानीय राकस्नी आधारभूत विद्यालय बेलका ४ का शिक्षकसमेत हुन् । काँग्रेस प्रवेश गर्दै बिकले एमाले पार्टी जनतालाई झुटा आश्वासन मात्र बाँडेर अल्मल्याउने, चाकरी चाप्लुसी गर्ने, ओलीको भक्तिगान गाउने सीमित कार्यकर्ताले मात्र अवसर लिने गरेकाले आफुहरु पार्टी छाड्न बाध्य भएको बताए । 


एमालेले दलित, आदिबासी जनजाति, महिला तथा मजदुर बर्गको संरक्षण र इज्जत गर्न नसकेको तथा समावेशी, समानुपातिक व्यवस्थाबिरोधी भएको गतिबिधिमा निरन्तर लाग्दै आएको हुनाले त्यस्तो पार्टीबाट देश र जनताको रक्षा नहुने ठहर गर्दै छाड्न बाध्य भएको बिकले बताए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी व्यवस्थाको जन्मदाता माओबादी र यो देशको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी काँग्रेस भएकाले काँग्रेस रोजेको उनले बताए । काँग्र्रेस र माओबादी किलेर नै देशमा गणतन्त्र र संघीयता आएको भन्दै उनले ती दुई पार्टी मिलेर बनेको बामलोकतान्त्रिक गठबन्धनलाई यो चुनावमा सहयोग गर्न पनि अपाmुले एमाले छाडेर गठबन्धन रोजको बताए । 


नवप्रवेशी बिकलगायत कार्यकर्ताहरुलाई काँग्रेस केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री तथा प्रतिनिधिसभा १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेशसभा १ (क) का उम्मेदवार तथा माओबादी प्रदेश कमिटी सदस्य राजन किराँती (वासु) ले माला र खादा लगाएर गठबन्धनमा स्वागत गरे । सो क्रममा प्रदेशसभा उम्मेदवार किरातीले एमाले अध्यक्ष केपी शर्मा ओलीले दलित, जनजाति, महिला र मजदुरलाई आफु सत्तामा पुग्ने भ¥याङ मात्र बनाउदै आएको बताउँदै सत्तामा पुगेपछि भने पुरै बेवास्ता गर्ने गरेको बताए । 


ओलीलाई माओबादी अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्री बनाएर सत्तामा पु¥याएको भन्दै किरातीले तर, सत्तामा पुगेपछि ओलीले आफुलाई महाराजा ठानेर मुलुकको संविधान खारेज गर्नेतर्फ कदम चालेकाले काँग्रेससँग मिलेर गठबन्धन बनाउनु परेको बताए । गठबन्धनले चुनाव जितेर संविधान, संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्ने बताउँदै उनले यो चुनावपछि एमाले चाउरिएर मरिचजत्रो भएपछि ओली आफै ठेगान लाग्ने बताए ।