साउनेमा अटो दुर्घटनाः एक नाबालकको निधन, ८ घाईते

२0७९ कार्तिक २२ मंगलवार
साउनेमा अटो दुर्घटनाः एक नाबालकको निधन, ८ घाईते

उदयपुर, कात्तिक २२

गाईघाट–साउने सडकमा अटो रिक्सा दुर्घटना हुँदा एक नाबालकको निधन भएको छ । सोमबार राति ७ः०० बजे साउनेदेखि गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ह ००२७ नं. को अटो त्रियुगा नगरपालिका १४ दियालेमा दुर्घटना हुँदा त्रियुगा नगरपालिका ४ का ५ वर्षीय नुजल मगरको निधन भएको हो । 


घुम्ती सडकमा आफै अनियन्त्रित भई दुर्घटना हँुदा गम्भीर घाईते भएका बालकलाई उपचारार्थ गाईघाट अस्पताल ल्याइएकोमा अस्प्तालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अटोमा सवार नुजलकी आमा लिला, चालकलगायत ८ जना घाईते भएका थिए । 


चालकलगायत घाईते सबैको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते हुनेहरुमा त्रियुगा ४ कै मृतककी आमा ३३ वर्षीया लिला, चालक ४७ वर्षीय लिलबहादुर मगर, त्रियुगा ४ कै २६ वर्षीया बालिका मगर रहेका छन् । त्यसैगरी त्रियुगा नगरपालिका १५ खाँबुका २९ वर्षीय मानबहादुर मगर, सोही ठाउँका राजकुमार मगर, २० वर्षीया चेतना मगर, ४४ वर्षीय सर्दबहादुर मगर, ४३ वर्षीया डिकमाया मगर छन् । 


अनुहार, हात, खुट्टा र शरिरका बिभिन्न भागमा चोट घाउ लागेका उनीहरुको गाईघाटमै उपचार भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेशकुमार पोदारले बताएका छन् । घाईतेहरु बोल्न सक्ने अवस्थामा रहेको र स्वास्थ्य स्थिति सुधार भईरहेको डिएसपी पोदारले बताएका छन् ।