यो चुनावमा अग्रगामी र प्रतिगामी गठबन्धनबीच प्रतिस्पर्धा : प्रचण्ड

२0७९ कार्तिक १८ शुक्रबार
यो चुनावमा अग्रगामी र प्रतिगामी गठबन्धनबीच प्रतिस्पर्धा : प्रचण्ड

उदयपुर, कात्तिक १८

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्रका जन्मदाता पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बाम लोकतान्त्रिक गठबन्धन र प्रतिगामी गठबन्धन आमने सामने हुन लागेको बताएका छन् । गोर्खाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका प्रचण्डले शुक्रबार विहान एक चुनावी कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 


आउँदो चुनावमा नेपालमा दुई खाले गठबन्धनको आमनेसामने हुन गईरहेको उनको भनाई थियो । ‘नेपालमा यतिबेला संविधानको रक्षक, गणतन्त्र र संघीयताको पक्षधर, विकास र समृद्धिको बाहक गठबन्धन र अर्कातर्फ प्रतिक्रियावादी, संविधानविरोधी, यथास्थितिबादी तत्वहरुबीचको गठबन्धनबीच चुनाव हुन लागेको प्रचण्डको भनाई थियो । 


गोरखाको रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिले मुलुकमा दुई खाले गठबन्धन रहेको र एउटा गठबन्धन देश बनाउने र अर्को भएको अधिकार, लोकतन्त्र र गणतन्त्र सक्नेखालको रहेको बताए। संविधान, लोकतन्त्र,
गणतन्त्र र परिवर्तनको रक्षा गर्नेहरुको गठबन्धनको तर्फबाट आफुलगायत काँग्रेस, माआोबादी, एस र जनमोर्चाको गठबन्धन रहेको  र अर्कातर्फ त्यो सम्पूर्ण उपपलब्धी उल्टाउन चाहनेहरुको गठबन्धन चुनावमा रहेको बताए । 


अध्यक्ष प्रचण्डले ‘महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, मधेसी, थारुको पहिचान र अधिकारसहित
घोषणा गरेको संविधानको रक्षा गर्ने गठबन्धनको पक्षमा मत दिन जनतालाई आग्रह गरे । बाम लोकतान्त्रिक गठबन्धनसँग संविधान विघटन गराउन चाहने, समावेशी, समानुपातिक मान्यता उल्टाउन चाहने र गणतन्त्रप्रति नकारात्मक धारणा राख्ने गठबन्धनको नेतृत्व एमालेले लिएकाले त्यो गठबन्धनलाई धुलो चटाउान उनको आग्रह थियो । 


एमाले गठबन्धनले चुनाव जित्यो भने फेरि नेपालमा शामन्ति र निरंकुशतासहितको राजतन्त्र पुनःस्थापना हुने र त्यसले देशलाई अँध्यारो सुरुङतर्फ लाने भएकाले कुनै पनि हालतमा बाम लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्न जनतासँग अपिल गरे । बाम लोकतान्त्रिक गठबन्धनमा ५ दल रहेको तर, अर्को प्रतिगामी गठबन्धनमा ५÷६÷७ दलहरु हुने, कहिले बढ्ने, कहिले घट्ने कुनै ठेगान नहुने दाहालको भनाई थियो ।


मंसिर ४ गते नेपाली जनताले प्राप्त गरेको संवैधानिक अधिकारको रक्षा गर्ने गठबन्धनलाई भोट दिएर ऐतिहासिक जिम्मेबारी पुरा गर्नुपर्नेमा उनको जोड थियो । नेपाली जनताले जहिल्यै इतिहास कायम गर्ने निर्णय गर्दै आएको भन्दै त्यसका लागि नेपाली जनताले अग्रगमनकारी गठबन्धनलाई नै मतदान गर्ने विश्वास लिएको बताए । 


जनक्रान्तिको तयारीमा मुख्य आधार गोरखा भएको भन्दै अब हुने विकास समृद्धिको अभियानसहित आर्थिक क्रान्ति पनि गोरखाबाटै सुरु गर्ने प्रतिबद्धता जनाए ।