गठबन्धनको साथले भोजपुरमा सुदनलाई सजिलो, शेरधनको श्वेतपत्र जारी

२0७९ कार्तिक १३ आईतवार
गठबन्धनको साथले भोजपुरमा सुदनलाई सजिलो, शेरधनको  श्वेतपत्र जारी

उदयपुर, कात्तिक १३


आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भोजपुरमा नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य  सुदन किराती प्रतिस्पर्धामा छन् । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईसँग प्रतिस्पर्धामा रहेका राईलाई गठबन्धनका कारण चुनाव जित्न सहज हुने आँकलन गरिएको छ । 


भोजपुरमा चुनावी अभियानको नेतृत्व गर्दै घरदैलोमा व्यस्त माओबादी केन्द्रका केन्द्र्रीय सदस्य तथा समानुपातिकतर्पmका उम्मेदवार अजम्बर राई काङमाङले साझा उममेदवार भएकाले सुदनलाई जित हासिल गर्न सहज रहेको बताए । सत्तारुढ दलहरु नेपाली कांग्रेस र एकीकृत समाजवादीसमेतको साथ रहेकाले सुदन साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्दा एमालेलाई फराकिलोृ अन्तरले पराजित गर्न सक्ने नेता काङमाङको ठोकुवा छ । 


काँग्रेस, माओबादी, एकीकृत समाजबादीसमेत ५ दलीय गठबन्धनको साझा उम्मेदवार सुदनको दाँजोमा एमालेका शेरधन कोही सहयोगी नभएकाले उसै पनि कमजोर रहेको नेता काङमाङ बताउँछन् । त्यसमाथि दिनदिनै ओरालो लाग्दै गरेको एमालेप्रति भोजपुरे जनतामा मोहभंग भएकाले पनि सुदनलाई जित्न सहज हुने उनको भनाई छ । यसअघि ०६४ र ०७४ मा दुईपटक चुनाव जितिसकेका किराती माओबादीका प्रखर र बेदाग नेतामा परिचित छन् । 


गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि किराती चुनाव जित्ने पक्कापक्कीजस्तै छ । स्थानीयतह चुनावमा भोजपुरका वडाध्यक्षतर्फ एमालेले २७ हजार ६ सय ५६ मत पाएको थियो भने गठबन्धनका वडाध्यक्षतर्फ ३८ हजार ५ सय ५६ मत परेको थियो । 


यसर्थ स्थानीयतहको चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि रहेको छ । यसैलाई आधार मान्ने हो भने पनि एमालेका शेरधनलाई जति चुनौति छ त्यति नै हसज माओवादीका किरातीलई रहेको गठबन्धनको ठहर छ ।


एमालेका शेरधन संघीय मन्त्रीदेखि प्रदेश मुख्यमन्त्रीसम्म भएर लामो समय सत्तामा रहे पनि प्रदेशको नामाकरण गर्नसम्म नसकेकोमा जिल्लबासी रुष्ट छन् । पहिचानसहितको संघीयतामा प्रतिबद्धता जनाउने गरेका उनले १ नं. लाई किरात प्रदेश बनाउने विषयमा चुँसम्म नबोलेको बरु नामाकरणै नगरेकोमा उनको कडा आलोचना हुने गरेको छ ।


यता माओवादीका उम्मेदवार किराती अहिलेसम्म मन्त्री भएका छैनन् । तर, पटक(पटक सांसद भएर पनि निश्कलंक छवि बनाएका उनी पहिचाननको पक्षमा कडा अडान राख्ने नेतामा गनिन्छन् । त्यस्तै जनताका हरेक समस्यालाई केन्द्रसम्म पुर्‍याएर संबोधन गर्ने किरातीप्रति जिल्लाबासी आकर्षित रहेको गठबन्धनले जनाएको छ । 


यसअघिका चुनावमा सुदन र शेरधन नै प्रतिस्पर्धी थिए । २०६४ को संविधानसभा चुनावमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई हराएका थिए । २०७४ मा भने सुदन संघतर्फ र शेरधन प्रदेशमा तत्कालीन माओबादी र एमालेको वाम गठबन्धनबाट उम्मेदवार भएर दुवै जितेका हुन् । 


आसन्न चुनावमा भोजपुरका अर्का प्रभावशाली नेता राजेन्द्र राई हालका मुख्यमन्त्री एमालेबाटै फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)बाट प्रदेश उम्मेदवार छन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएका राईका कारण पनि सुदनलाई प्रतिनिधिसभा चुनाव जित्न सहज भएको स्थानीयको जिकिर छ । 


शेरधनको  श्वेतपत्र जारी

\उता एमाले उम्मेदवार शेरधनले मन्त्री र मुख्यमन्त्री हुँदा गरेका विकास निर्माणका कामको श्वेतपत्र जारी गरेका छन् । राईले आईतबार भोजपुरको हतुवागढीस्थित घोरेटारमा आयोजित एक कार्यक्रममा ३ वर्ष ६ महिना ७ दिन मुख्यमन्त्री हुँदा गृह जिल्ला भोजपुरको विकास निर्माणका कामहरुको समेटिएको श्वेतपत्र जारी गरेका हुन् । 


राईले आफ्नो कार्यकालमा जिल्लामा निर्माण गरेको सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत कार्यक्रमहरु तथा त्यसका लागि जोहो गरेको बजेटको बिबरण समेटेका छन् । २०७४ फागुन २ गतेदेखि २०७८ भदौ १० गतेसम्म संस्थापक मुख्यमन्त्री भएका राईले त्यसपछि राजिनामा दिएर एमालेकै अर्का नेता भीम आचार्यलाई मुख्यमन्त्री छाडिदिएका थिए ।