मोटरसाईकल दुर्घटनामा बेलका र कटारीका दुई युवाको निधन

२0७९ कार्तिक ९ बुधबार
मोटरसाईकल दुर्घटनामा बेलका र कटारीका दुई युवाको निधन

उदयपुर, कात्तिक ९

गएराति मोटरसाईकल दुर्घटना हुँदा उदयपुरमा दुई युवाको दुःखद निधन भएको छ । मंगलबार साँझ ६ः३० बजे जिल्लाको बेलका नगरपालिका १ श्रवण चोकमा भएको दुर्घटनामा परी बेलका १ झाखेरका ३७ वर्षीय धनबहादुर तामाङको निधन गएको हो । 


दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४५३५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटनामा पर्दा गम्भीर घाईते भएका तामाङको प्रहरी चौकी भागलपुरले उद्धार गरी उपचारार्थ सप्तरीको कन्चनरुप नगरपालिका ८ स्थित स्वास्थ्य चौकी लगेकोमा उपचारकै क्रममा राति साढ ९ बजे ज्यान गएको हो ।


यता कटारी नगरपालिका ११ हर्देनीमा मंगलबारै राति साढे ९ः०० बजे भएको दुर्घटनामा परी सोही वडाका यम्बरबहादुर श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ । कटारी ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाईकल हर्देनीमा दुर्घटनामा पर्दा २४ वर्षीय श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हो भने पछाडि सवार सोही ठाउँकी २१ वर्षीया इन्दीरा कार्की घाईते भएकी जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


घाईतेको प्रहरी चौकी बेतिनी र इलाका प्रहरी कार्यालय कटारीबाट खटेको संयुक्त टोलीले उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याएको छ भने घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव कटारी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईसकेको प्रहरीले जनाएको छ ।


तिहारको मुखमा यस्ता दुःखद घट्नाले वर्षदिनको चाडलाई अत्यन्त खल्लो बनाएको छ । मृतक परिवार मात्र नभएर आफन्त, नातागोता र गाउँले सबैलाई यसपटकको तिहारलाई व्यर्थ बनाईदिएको स्थानीय बताउँछन् ।