तिहारले बजारमा भीडम्भीड 

२0७९ कार्तिक ६ आईतवार
तिहारले बजारमा भीडम्भीड 

गाईघाट, कात्तिक ६

नेपालीहरुको महान् चाड तिहार भित्रिइसकेको छ । प्राय सबै समुदायको. साझा चाड मानिने तिहार आउनु सातादिनअघि नै बजारमा रौनक छाईसकेको छ ।


केहीदिनयता तिहारका कारण गाईघाट बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । दाजुईभाइ (माईती)–दिदीवहिनी (चेली)को पवित्र सम्बन्धको रुपमा मानिने यो चाड मनाउन टाढाटाढाबाट दाजुभाइहरु दिदीवहिनी भेट्न आउने तथा कतिपय चेलीहरुमाईती भेट्न जाने चलन छ । 


खासगरी लक्षमी पुजा (औँसी)को दिनदेखि भाइपुजा (द्वितीया)सम्म गाई, गोरु र माईती पुज्ने प्रचलन रहेको तिहारमा त्यसअघि काग र कुकुरलाई पनि पुजा गर्दै सम्मान गर्ने प्रचलन छ । चेलीले मिठा खानेकुरा र फुल टीका लगाईदिएर माईतीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने र माइतीले चेलीलाई दानवापत नगद, सरसामान र गरगहनाजस्ता उपहार दिने प्रचलन चलिआएको छ ।


जनावरदेखि मान्छेसम्मका लागि साझा चाड मानिने तिहार बलिहाङ राजाको राज्य हरणको कथासँग पनि जोडिएको पाइन्छ । छट्टु देवता बामनले प्रतापी राजा बलिहाङको राज्य हरण गर्न ३ पाईला जमिन दान मागेर छल गर्दै सम्पूर्ण राज्य र सर्वश्व लुटेको कथासमेत जोडिएको तिहार खासगरी दानदातव्य दिने चाडको रुपमा पनि लिइन्छ ।