८ वर्षीया बालिका बलात्कारी पक्राउ

२0७९ आश्विन ३0 आईतवार
८ वर्षीया बालिका बलात्कारी पक्राउ

उदयपुर, असोज ३०

एक ८ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा उदयपुरका युवक पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे पछुवारीकी ८ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा सोही वडाका १८ वर्षीय दर्पण चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । 


पीडितका आफन्तको जाहेरी अनुसार गएको असोज २३ गते राति ७ः३० बजे बालिकामाथि जवरजस्ती बलात्कार गरी फरार भएका चौधरी ९ नं. वडा कार्यालय भवननजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । 


बालिका बलात्कारमा परेको उजुरी आफन्तबाट आएलगत्तै इलाका प्रहरी कार्यालय र सो मातहका बिभिन्न चौकीबाट खटेको अगल अगल र संयुक्त टोलीले संभावित नाकाहरु सिल गरी खोजी गर्दा चौधरी पक्राउ परेका हुन् । पक्राउ चौधरीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारले बताए । 


पक्राउ चौधरीमाथि जवरजस्ती करणी संंहिताबमोजिम कारबाही प्रक्रिया अघि बढउने गरी अनुसन्धान भईरहेको जिल्ला प्र्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन् ।