उदयपुरका उम्मेदवारबिरुद्ध परेन उजुरी

२0७९ आश्विन २४ सोमबार
उदयपुरका उम्मेदवारबिरुद्ध परेन उजुरी

उदयपुर, असोज २४

उदयपुृरका उम्मेदवारबिरुद्ध कुनै उजुरी परेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुृरका अनुसार सोमबार विहानदेखि दिउसोसम्म उजुरी दिनुपर्ने कार्यतालिका भए पनि कुनै उजुरी परेको छैन । 


निर्वाचन कार्यतालिका अनुसार सोमबार विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारको कमी कमजारीविरुद्ध उजुरी दिनुपर्नेमा कसैको बिरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


तोकिएको समयभित्र कुनै उम्मेदवारबिरुद्ध पनि उजुरी नपरेपछि सबै उम्मेदवार स्वीकार्य भएको सहायक निर्वाचन अधिकृत दानबहादुर कार्कीले बताए । उनका अनुसार निर्वाचन क्षेत्र १ र २ गरी २ प्रतिनिधिसभामा २८ र ४ प्रदेशसभामा ३५ गरी उदयपुृरमा ६३ जनाको उम्मेदवारी परेको छ । 


निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ १६ जनाको उम्मेदवारी परेको छ भने १ (क) मा १० र (ख) मा १३ गरी ३९ जना उम्मेदवार छन् । २ नं. क्षेत्रमा प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश (क) मा ५ तथा (ख) मा ७ गरी २४ जनाको उम्मेदवारी परेको छ । 


२ नं. निर्वाचन क्षेत्र र प्रदेशसभा उम्मेदवारबिरुद्ध पनि उजुरी नपरेको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए ।