अटो र बाईक ठोक्किदा तुलसाको निधन, ३ घाईते

२0७९ आश्विन २१ शुक्रबार
अटो र बाईक ठोक्किदा तुलसाको निधन, ३ घाईते

असोज २१

दसैंको बीचमा सवारी दुर्घंटनामा परी सदरमुकाम गाईघाटमा गएराति एक महिलाको निधन भएको छ । मोटरसाईकल र अटो ठोक्किन पुग्दा मोटरसाईकलको पछाडि सवार त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठकी ४५ वर्षीया श्रीमति तुलसा श्रेष्ठको ज्यान गएको हो । 


बिहीबार राति ७ः३० बजे त्रियुगा नगरपालिका ३ मोतिगडा मिलनचोकमा बगाहाबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प २१८६ नम्बरको मोटरसाइकल र सोही दिसातर्फ आईरहेको स १ ह २०७६ नम्बरको अटो ठोक्किदा श्रेष्ठको घट्नास्थलमै ज्यान गएको हो । 


मोटरसाईकल चालक तुलसाका श्रीमान् दिलिप, अटोमा सवार त्रियुगा नगरपालिका ३ का ५० वर्षीया पुनासरी विक र १५ वर्षीय मनिस बराईली घाइते घाइते भएका छन् । ट्राफिक कार्यालय उदयपुरका प्रमुख वरिष्ट नायव निरीक्षक (वसई) लोकबहादुर दियालीका अनुसार बिकको अवस्था गम्भीर छ भने बराईली सामान्य रहेका छन् । 


विकको हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने बराईली र श्रेष्ठको शरिरका बिभिन्न भागमा चोट लागेको छ । घाइतेहरु सबैलाई उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको दियालीले बताए ।