प्रदेश मन्त्रीहरुको सम्पत्ति कति ? 

२0७९ आश्विन १४ शुक्रबार
प्रदेश मन्त्रीहरुको सम्पत्ति कति ? 

उदयपुर, असोज १४

१ नं. प्रदेश सरकारका मनत्रीहरुको सम्पत्ति बिबरण सार्वजनिक भएको छ । प्रदेश सरकारले आधिकारिक वेबसाईटमार्फत मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मको सम्पत्ति विवरण शुक्रबार सार्वजनिक गरेको हो ।


मुख्यमन्त्री राजेन्द्रकुमार राई र १३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको वेबसाईटले आर्थिकवर्ष सुरु भएको ३ महिना पुगेकाले बिबरण सार्वजनिक गरिएको जनाएको छ । 


भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार हरेक आर्थिक वर्षको ६० दिनभित्र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको सरकारले जनाएको छ । 


सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईको सम्पत्ति १० तोला सुन र ७७ लाख नगद मौज्दात देखाइएको छ । उनी र उनकी पन्ति शोभा पाठकको नाममा विभिन्न बैकमा गरी ७७ लाख १६ हजार २ सय ६८ नगद रहेको बिबरणले देखाँएको छ । 


मुख्यमन्त्रीसहित १४ मन्त्रीमध्ये सबभन्दा धनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी देखिएका छन् ।  उनीसँग १ सय तोला सुन र १० लाख नगदसहित विभिन्न बैंकम्ँ  १ करोड ४० लाख १२ हजार नगद रहेको देखाइएको छ । त्यसैगरी उनको जग्गा र विभिन्न उद्योगमा लगानीसमेत रहेको छ । 


प्रदेश मन्त्रीमध्ये सबभन्दा गरिव कृषि मन्त्री झलकबहादुर मगर देखिएका छन् । उनीसँग २ तोला सुन र २ लाख ९ जार नगद मात्र देखिएको छ । कसको कति सम्पति छ, तलको तालिका हेर्नुहोस् ।