हाताचो नेतृत्वमा किरात राई यायोक्खा

२0७९ आश्विन १२ बुधबार
हाताचो नेतृत्वमा किरात राई यायोक्खा

उयदपुर, असोज १२

किरात राई यायोक्खाको केन्द्रीय अध्यक्षमा जीवन हाताचो राई निर्वाचित भएका छन् । राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा भर्खंरै समपन्न ‘११ औं राष्ट्रिय महाधिवेशन’ले हाताचो नेतृत्वमा २८ सदस्यीय केन्द्रीय समितिको चयन गरेको हो ।


नवनिर्वाचित समितिमा १ महिलासहित १ सह अध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, ५ उपमहासचिव, २ महिलासहित ७ सचिव, १ कोषाध्यक्ष र २ महिलासहित ४ सह कोषाध्यक्ष तथा बाँकी सदस्य छनौट गरेको छ । 
 

सह अध्यक्षमा टीकासरी राई र ज्ञानवहादुर राई चयन हुँदा उपाध्यक्षमा तीलकप्रसाद राई, राकेश राई, देवान राई, दोर्पध्वज राई, जनक राई, सर्बधन राई र युवराज राई छानिएका छन् । महाधिवेशनले महासचिवमा भीमराज राईलाई छानेको छ भने उपमहासचिवमा हेमन्तकुमार राई, अर्जुन जम्नेली राई, कृष्णकुमार राई, मातृका राई, मञ्जु सोताङ चयन भएका छन् । 


त्यसैगरी सचिवमा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजु एन राई, तारा राई, सुमन राईलाई छानेको महाधिवेसनले कोषाध्यक्षमा पर्शुराम राईलाई चयन गरेको छ । छिला राई, ,शिला राई र गणेश खालिङ राई सहकोषाध्यक्ष छानिएका छन् । 


केन्द्रीय सदस्यमा प्रमिला राई, रत्नदेवी राई, भीमवहादुर राई, बिर्सिका राई, मानभगत चाम्लिङ, अञ्जनीकुमार राई, होमवहादुर राई, हात्तिराम राई, अञ्जना राई, खड्कवहादुर राई,  नरहाङ राई र रोशन वान्तवा छानिएका छन् । 


त्यसैगरी रामचन्द्र राई, जयकुमार राई, किमाङहाङ राई, मनोज राई, इन्द्रमाया चाम्लिङ, रामध्वज राई, अञ्जना राई (धनकुटा), अञ्जना राई (सोलुखुम्बु) विकास राई, राकेश चाम्लिङ, मणिकुमार राई, सीताकुमारी राई, दिपक राई, कमला राई,  दिलिप साम्पाङ, डेकिन्द्रकुमार राई पनि केन्द्रीय सदस्य चयन भएको महाधिवेशन निर्वाचन समितिले जनाएको छ ।