नारदमुनि गोल्डकपः घरेलु टिमलाई हराउँदै चर्च ब्वाईज सेमिफाईनलमा

२0७९ आश्विन ११ मंगलवार
नारदमुनि गोल्डकपः घरेलु टिमलाई हराउँदै चर्च ब्वाईज सेमिफाईनलमा

बसाहा, असोज ११

उदयपुरका ेबसाहामा जारी ‘नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को मंगलबारको खेलमा चर्च ब्वाईज क्लब काठमाडौं विजयी भएको छ । चर्च ब्वाईजले घरेलु टिम बसाहा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश भएको हो । 


चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनि स्मृति खेलमैदानमा जारी प्रतियोगितामा टाईब्रेकरको आधारमा चर्च ब्वाईज ५–४ गोलको अन्तरले घरेलु टिमलाई पराजित गरी सेमिफाईनलको हकदार बन्न पुगेको हो । 


निर्धारित ९० मिनटको समय दुवैपक्षबाट गोलरहित सकिएपछि नतिजा निकाल्न टाईब्रेकरमा स्पर्धा गराउनु परेको आयोजक बसाहा क्लबले जनाएको छ । खेलको म्यान अफ दि म्याच बसाहा क्लबका कुमार खुलाल गुरुङ घोषित भए । उनलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरियो । 


बुधबार हुने खेलमा एभिनियर क्लब क्यामरुन र डिटिसी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको एक मात्र विदेशी टिम एभिनिएर क्यामरुन बसाहा क्बलको इतिहासमा पहिलो हो । बुधबारदेखि पहिलो चरणको खेल समाप्त हुनेछ भने बिहीबारदेखि सेमिफाईनल खेल सुरु हुने छ । 


क्लबका पूर्व अध्यक्ष शेखर राईका अनुसार यसअघिका दुई खेलमा चारतारे मोरङ र भोजपुर फुपटब क्लब सेमिफाईनलमा प्रवेश पाईसकेका छन् । भोजपुरले सोमाबरको खेलमा गोर्खा स्पोर्टिङ क्लब झापांलाई पराजित गरेर सेमिफाईनलमा प्रवेश गरेको हो भने आईतबारको उद्घाटन खेलमा गोर्खा ब्वाईज स्पोर्ट क्लब रुपन्देहीलाई हराउँदै मोरङले तारतारे क्लब सेमिफाईनलमा पसेको हो । 


विजेतालाई ४ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको  उपविजेताले २ लाख नगदसहित प्रमाणपत्र पाउने छ । अन्य बिबिन्न बिधागत पुरस्कारको पनि व्यवस्था गरिएको  प्रतियोगिताको फाईनल खेल आउँदो १६ गते हुने  प्रतियोगिताका खेल संयोजक भूपेन्द्र राईले बताएका छन् ।