नारदमुनि गोल्डकपः भोजपुरद्वारा गोर्खा स्पोर्टिङ पराजित 

२0७९ आश्विन १0 सोमबार
नारदमुनि गोल्डकपः भोजपुरद्वारा गोर्खा स्पोर्टिङ पराजित 

उदयपुर, असोज १०

चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ‘नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को सोमबार सम्पन्न खेलमा भोजपुर फुटबल संघले जित हात पारेको छ । बसाहा खेलमैदानमा अघिल्लो दिनदेखि सुरु प्रतियोगिताको सोमबारको खेलमा भोजपुरले गोर्खा स्पोर्टिङ क्लबलाई हराउँदै जितको सुरुवात गरेको हो । 


भोजपुरले टाईब्रेकरको आधारमा गोर्खालाई पराजित गरेको हो । भोजपुर र गोर्खा स्पोटिङ क्लव झापाले निर्धारित समय १÷१ गोलको बराबरीमा टुङ्गिएपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा भोजपुरले ५–४ को गोल अन्तरले गोर्खा स्पोर्टिङलाई पराजित गर्न सफल भएको हो ।


खेल सुरु भएको १३ औं मिनेटमा भोजपुरका सन्तोष तामाङले पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए । खेलको २७ औं मिनेटमा झापाका खेलाडी कागीलसन लिम्बुले जवाफी गोल गरेर खेललाई बराबरी बताए । 


दुवैपक्षबाट १÷१ गोल गरेपछि खेल अवधि सकिएपछि नतिजा निकाल्न टाईब्रेकरको सहयोग लिनु परेको हो । सोमबारको खेलमा म्यान अफ दि म्याचभो उपाधि भोजपुरका उमेश कार्कीले पाए । 


टाईब्रेकरमा झापाले ४ गोल मात्र गर्न सफल भयो भने भोजपुरको तर्फबाट ५ गोल गरेर जित निकाल्न सफल भएको प्रतियोगिताका खेल संयोजक भुपेन्द्र्र राईले बताए । राईका अनुासर मंगलबारको खेलमा घरेलु टिम बसाहा क्लव र चर्च बवाईज क्लव काठमाडौंबीच स्पर्धा हुनेछ ।