उदयपुरमा डेंंगेः बेलकामा १३, त्रियुगामा ८, कटारीमा ५ जना संक्रमित

२0७९ भाद्र ३१ शुक्रबार
उदयपुरमा डेंंगेः बेलकामा १३, त्रियुगामा ८, कटारीमा ५ जना संक्रमित

उदयपुर, भदौ ३१

संक्रामक डेंगेले उदयपुरमा २६ जनलाई थला पारेको छ । काठमाडौं उपत्यकाबाट फैलिन सुरु भएको डेंगेले देशभर संक्रमण गर्ने क्रम उदयपुरका ३ स्थानीयतहमा आईपुगेको हो ।


फैलदो डेंगी रोकथाम र उपचार गर्ने क्रममा बेलका, त्रियगा र कटारी नगरपालिकामा संक्रमण पाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सबै स्थानीयतहमा संक्रमितको पहिचान गर्ने क्रममा जिल्लाका ८ स्थानीयतहमध्ये बेलका नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै त्रियुगा नगरपालिकामा ८ जना र कटारी नगरपालिकामा ५ जनामा संक्रमण पाइएको जनस्वास्थ्य अधिकृत रामनरेश ठाकुरले बताए । 


ठाकुरका अनुसार चौदण्डीगढी नगरपालिका र गाउँपालिकाहरु लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा अहिलेसम्म कसैलाई डेंगी संक्रमण भएको छै्रन । डेंगे संक्रमणबाट बँच्न र बँचाउन स्वास्थ्य कार्यालयले सबै स्थानीयतहसँग समन्वय गर्दै रोकथाम र उपचार प्रक्रिया अपनाएर दैनिक रिपोर्ट लिने गरेको छ । 


ठाकुरले डेंगेको उपचार र रोकथामका लागि स्थानीयतहस्तरमै काम भईरहेको बताउँदै पालिकास्तरीय अस्पताल र स्वास्थ्य संस्थाहरुबाटै उपचार र रोकथाम कार्य भईरहेको बताए । संक्रमित २६ मध्ये धेरैजसो निको भएर डिस्चार्ज भईसकेको र केही मात्र उपचारमा रहेका छन् । 


उदयपुर जिल्ला अस्पतालमा चाहि पछिल्लो तथ्यांक अनुसार २ जनामा मात्र डेंगे पुष्टि भएको अस्पतालका प्रशासन अधिकृत बृखबहादुर खत्रीले बताएका छन् । उनका अनुसार भदौ २८ देखि ३० गतेसम्म १६ पुरुष र ११ महिलासहित २७ जनाको रक्त परीक्षण गरेकोमा २ पुरुषमा मात्र डेंगे पोजेटिभ भे्टिएको छ । संक्रमितहरुको उपचार अस्पतालमै भईरहेको छ । 


ज्वरो आउने, टाउको दुख्ने र हात खुट्टा तथा पुरै शरीर दुख्ने मुख्य लक्षण भएको डेंगेबाट बँच्न नियमित तातो पानी खाने, पारा सिटामोलजस्ता सामान्य रोकथामका औषधि खाँने गरे संक्रमण पच्न सकिने ठाकुरले बताए । डेंगे पोजेटिभ भईसकेको भए ढिलोमा सातादिनभित्र उपचार गर्नुपर्ने उनले बताए । 


जटिल अवस्थामा पुगेको भए चाहि सुविधा सम्पन्न अस्पताल रिफर गर्नुपर्ने हुन्छ नत्र सुरुवाती अवस्थाको भए सामान्य उपचारमै निको पार्न सकिने स्वास्थ्य कार्यालयको भनाई छ । डेंगेबाट बँच्न अस्पताल, स्वास्थ्य कार्यालय, पालिकास्तरीय अस्पताल र स्वास्थ्य चौकीतहसम्म रोकथाम र न्यूनिकरण पहल भईरहेको छ । 


यो रोगबाट बँच्न लामखुट्टे बढ्न नदिनु नै मुख्य उपाय भएको सुझाइएको छ । फोहोरको लामखुट्टेले टोकेपछि सर्ने रोग भएकाले खाल्डाखुल्डीमा पानी जम्न नदिने, जमेको पानीमा किटनाशक औषधि छर्ने, तातो पानी, झोलिलो पदार्थ, सागसब्जी तथा स्वास्थ्यबद्र्धक खानेकुरा खाने गरेमा संक्रमणबाट बँच्न सकिने उदयपुर अस्पतालका मिमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.मुकेश झा बताउँछन् ।