प्रचण्ड र चिनियाँ नेता लीबीच भेट वार्ता

२0७९ भाद्र २८ मंगलवार
प्रचण्ड र चिनियाँ नेता लीबीच भेट वार्ता


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनीया नेता ली चान्शुबीच भेट वार्ता भएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष रहेका लीसँग प्रचण्डको नयाँ बानेश्वरस्थित सङघीय संसद् भवनमा मंगलबार बिहान भेट भएको हो । 

 

भेटको अवसरमा दुई नेताबीच द्वीदेशीय हित र आपसी चासोबारेमा छलफल भएको बताइएको  छ । माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की तथा प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सहभागिता भए थिए ।


चीनको तर्फबाट नेपालको औपचारिक भ्रमणमा रहेका ली चान्शु सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा यहाँ आएका हुन् । ४ दिने भ्रमणका लागि सोमबार काठमाडौँ आएका अध्यक्ष चान्शु चान्सुले राजनीतिक भेटघाटलाई तिब्र बताएका छन्।