किरात राई पत्रकार संघमा बिक्रम

२0७९ भाद्र २२ बुधबार
किरात राई पत्रकार संघमा बिक्रम

उदयपुर, भदौ २२

किरात राई पत्रकार संघ उदयपुरका अध्यक्षमा बिक्रम राई चयन भएका छन् । बुधबार गाईघाटमा आयोजित जिल्ला अधिवेसनले राईको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिति गठन गरेको हो ।

 

स्ड्रिथानीय मल्याण्ड होटलमा आयोजित अधिवेसनले  उपाध्यक्षमा जानुका राई, सचिव चेवाङ राई, सहसचिव मुना राई र कोषाध्यक्ष शर्मिला राई छानिएका छन ।सर्बसम्मत छनौट भएको समितिमा बन्दना राई, प्रबिण  राई र भावना राई सदस्य छानिएको निबर्तमान अध्यक्ष टम्पसेर राईले बताएका छन् । 

 

कार्यक्रममा अग्रज पत्रकार तथा संस्थापकहरुलाई किराती परम्पपरा अनुसार पगरी गुथाएर सम्मान गरिएको थियो ।

। ा