फोटो पत्रकार महासंघको अध्यक्षमा देवराज 

२0७९ भाद्र १९ आईतवार
फोटो पत्रकार महासंघको अध्यक्षमा देवराज 

रौतापोखरी, भदौ १९

उदयपुरका युवा पत्रकार देवराज राई नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्ष चयन भएका छन् । रौतामाई गाउँपालिका ६ स्थित जिल्लाको पर्यटकीयस्थल रौतापोखरीमा शनिबार आयोजित महासंघको दोस्रो जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

 

 

नवगठित समितिको उपाध्यक्ष राकेश नेपाली चयन हुँदा सचिवको जिम्मेबारी लक्ष्मी पोखरेलले पाएका छन् भने सहसचिव र कोषाध्यक्षमा क्रमशः बिक्रम राई पुजा राजधामी छानिएका छन् । 


अधिवेशनले चेवाङ राई, चन्द्रकला ढकाल, तोसल राई, अरुण चौधरी र कमला राउतलाई सदस्य छानेको छ भने एकजना सदस्य पछि बैठकले मनोनित गर्ने विधानमा व्यवस्था रहेको निवर्तमान अध्यक्ष गजेन्द्र राईले बताए । 


आउँदो २९ देखि ३१ गतेसम्म चितवनमा हुन लागेको महाधिवशनका लागि प्रतिनिधि तथा पर्यवेक्षक पनि अधिवेशनले चयन गरेको छ । जस अनुसार निवर्तमान अध्यक्ष गजेन्द्र राई, भोटराज राई, अप्सरा समाल, नविन राई, ईश्वर बलम्पाकी मगर, बिष्णु राई र चित्रकुमार कार्कीलाई चयन गरेको छ । 


रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले उद्घाटन गरेको अधिवेशनमा नवनिर्वाचित नीजि रेडियोहरूको संस्था ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल (बान) का महासचिव नबिन राई र फोटो पत्रकार महासंघका प्रदेश १ उपाध्यक्ष अप्सरा समाललाई बधाई अभिनन्दन गरिएको थियो । 


त्यस्तै प्रमुख अतिथि रौतामाई गाउँपालिका अध्यक्ष मगर, उपाध्यक्ष भुपेन्द्र थापा, वडाध्यक्षहरु पृुथ्वीकुमार राई र होमबहादुर दाहाल खत्री तथा कार्यपालिका सदस्य बसन्त राईलगायतलाई निवर्तमान अध्यक्ष राईले मायाको चिनोस्वरुप नेपाल फोटो पत्रकार महासंघको लोगो अंकित भेस्ट प्रदान गरेका थिए । 


कार्यक्रममा प्रम्ुख अतिथि अध्यक्ष मगर, उपाध्यक्ष थापा, प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जोङ, पूर्व अध्यक्ष महेश्वर चामलिङ, वर्तमान अध्यक्ष भरत खड्का, सल्लाहकार भोटराज राई, एमाले रौतामाई अध्यक्ष केशव चामलिङ, कार्यपालिका सदस्य बसन्त राई, नेपाल आदिवासी  जनजाति महासंघ (फोनिज) प्रदेश उपाध्यक्ष राजेन्द्र दुष्ट, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष सुपराज राई र किरात राई पत्रकार संघ उदयपुरका अध्यक्ष टम्पशेर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । 


कार्यक्रममा साहित्यकार जीवन चामलिङको मिठो कविता प्रस्तुत गरेका थिए ।