देशकै पहिलो प्राविधिक विश्वविद्यालय एमटियु

२0७९ भाद्र १५ बुधबार
देशकै पहिलो प्राविधिक विश्वविद्यालय एमटियु

विराटनगर, भदौ १५ 


प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) ले आफनो दीर्घकालीन शैक्षिक रणनीति सफल बनाउन बिभिन्न कार्यक्रमहरु ल्याएको छ । ३ वर्षअघि अर्थात २०७६ असोज १६ गते  मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मानिएको एमटियूले गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न बिभिन्न रणनीति अपनाउन लागेको हो । ्


सस्तो र गुणस्तरीय शिक्षा दिलाउने उदेश्यले एमटियुले दस वर्षभित्र स्नातक, स्नातकोत्तर र विद्यावारधी (पिएचडी) गरी २८ वटा विभिन्न विषयमा पठनपाठन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । हाल स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संंकाय सञ्चालनमा रहेको एमटियुले ३ संकाय अन्तर्गत १० वर्षमा सबै कार्यक्रमहरु सञ्चालनमा ल्याउने विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयालले बताए ।   


फुयालका अनुसार मुलुकमा आवश्यक व्यवहारिक र क्षमतावान दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले यस्ता कार्यक्रम अघि सारेको हो । च्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक अनि अन्तर्राष्ट्रिय विकाक्रममा आबद्ध हुुनसक्ने मानव संशाधन विकास गर्ने योजना एमटियुको रहेको उनले बताए । यसैले विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने एमटियुको लक्ष्य छ । 


आफ्नो रणनीति सफल पार्न शैक्षिक पुर्वाधारमा लगानी बढाउदै एमटियूले गत वर्ष २०७८÷७९ देखि स्कूल अफ इन्जिनियरिङ अन्तर्गत स्नातकतहको बीई ईन सिभिल इन्जिनियरिङ र बीई ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको पठनपाठन थालिसकेको छ । गुणस्तरीय शिक्षाका लागि दुवै विषयमा २४–२४ जनाको सीट कामय गरेर विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गरेको विश्वविद्यालयका डिन डा प्रचण्डमान प्रधानले बताए । उनका अनुसार सस्तो खर्च ४ वर्षे ईन्जिनियरिङ कोर्ष पढनका लागि पहिलो वर्ष नै एमटियुमा सयौँ विद्यार्थीको लर्को लागेको छ । तर, सीमित कोटाले गर्दा पहिलो व्याचमा आवेदन दिएका ५ सय विद्यार्थीमध्ये जम्मा ४८ जनालाई मात्र प्रवेश परिक्षामार्फत भर्ना लिइएको डिन प्रधानले बताए । 


देशलाई आवश्यक दक्ष र व्यवहारिक ईन्जिनियर उत्पादन गर्न एमटियुले कक्षा कोठा आधुनिक र वतावरणमैत्री बनाएको तथा सैद्धान्तिक र व्यवहारिक ज्ञानका लागि सिभिल र ईलेक्टिोनिक्स दुवैतर्फ करोडाँै लगानीमा अत्याधुनिक ल्याब स्थापना गरेको विश्वविद्यालयका कार्यक्रम संयोजक ईन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । उनका अनुसार एमटियुले विद्यार्थीका लागि अत्याधुनिक पुस्तकालय पनि स्थापना गरिसकेको छ । 


संयोजक डाँगीका अनुसार सिभिलतर्फ पनि फ्रुट मेकानिक्स, हाईड्रोपावर, हाइवे, मेटेरियल, स्वायललगायत दर्जन बढी ल्याव स्थापना भईसकेको छ । सँगसँगै एमटियुले सबै पठनपाठन कम्प्युटरबाट गराउनका लागि व्यवस्थित कम्प्युटर ल्याब पनि स्थापना गरेको छ । जसले गर्दा विद्यार्थीहरुलाई पहिलो बर्षदेखि नै व्यवहारिक पठनपाठनमा सहज भएको उनले बताए ।


सैद्धान्तिक पढाई गरेर देखेको र हेरेको भरमामात्रदक्ष ईन्जिनियरहरु उत्पादनहुननसक्ने भएकोले एमटियुले प्रथमबर्षदेखी नै आवश्यक सबै ल्यावहरु स्थापना गरेर सञ्चालनमाल्याएको डिन डा प्रचण्डमानले बताए । भने र्, हामीले दक्ष ईन्जिनियर उत्पादन गराउन ४० प्रतिशतथ्यौरी र ६० प्रतिशत प्राक्टिकल कक्षा पढाउने गर्दछौ यसैले समयमै आधुनिकल्याव स्थापना गरेका गराएकाहौ ।’, 


एमटियुका ईन्जिनियरिङ संकाय ईलेक्ट्रिोनिक्स एण्ड इलेक्ट्रिकल विभाग प्रमुख डा. दिपरत्न डंगोलले गुणस्तरीय र व्यवहारिक पढाई सञ्चालन गर्न ईलेक्ट्रिकतर्फ मेसिन ल्याव, बेसिक इलेक्ट्रिक ल्याव, कन्ट्रोल ल्याब र इलेक्ट्रिोनिक्स ल्याब सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार गुणस्तरीय ईन्जिनियर उत्पादन गर्नका लागि ल्याब निर्माणमा मात्र १० करोड बढी खर्च भएको छ । अझै थप लगानी गर्दै जाने योजना रहेको उनले बताए । 


रजिष्ट्रार फुँयालले दक्ष प्राध्यापक र नयाँ पाठयक्रम भए मात्र देशका लागि आवश्यक सफल ईन्जिनियर उत्पादन गर्न सकिने भन्दै अभ्यासबाटै बिद्यार्थीलाई दक्ष बनाउने लक्ष्य एमटियुले लिएको छ । एमटियुमा ४ वर्ष पढेर उत्पादन भएका ईन्जिनियरहरुले पुनः तालिम लिन नपरोस र तुरुन्तै रोजगारी पाउन सकून भन्ने उद्देश्यले एमटियु अघि बढेको उनले बताए । शैक्षिक लगानीमा कुनै सम्झौता गर्न नहुने र त्यसप्रति विश्वविद्यालय सचेत रहेको उनको भनाई छ । 


ग्रामिण क्षेत्रको शान्त वातावरण रहेको मनमोहन प्राबिधिक विश्वविद्यालयले पहिलो व्याचदेखि नै विद्यार्थीलाई आउने जाने यातायाता र छात्राहरुका लागि होस्टलको प्रबन्ध पनि मिलाएको छ । सँगै आफै कमाएर पढन चाहने बिद्यार्थीलाई ‘अर्न टु लर्न’ कार्यक्रम पनि सञ्चालनमा ल्याउन लागेको छ । जसबाट बिद्यार्थीले एमटियुकै ल्यावमा काम गर्दै पढ्न सक्ने व्यवस्था मिलाइएको छ । एमटियुको सिभिल ल्याबमा भौतिक निर्माणमा प्रयोग गरिने फलामे छड, सिमेन्ट, ढुंगा, गिट्टी, बालुवालगायत बिभिन्न निर्माणका सामग्रीहरु सशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी एमटियुले आफनै अनुसन्धान केन्द्र पनि स्थापना गरिसकेको हुनाले कुनै पनि विषयमा अनुसन्धन गर्न चाहने बिद्यार्थीका लागि निशुल्क अवसर पनि उपलब्ध हुने क्याम्पसको दावी छ ।