माओबादी नेता तामाङ रहेनन्

२0७९ भाद्र १३ सोमबार
माओबादी नेता तामाङ रहेनन्

बेलटार, भदौ १३

नेकपा (माओबादी केन्द्र) चौदण्डीगढीका नेता पर्शुराम तामाङको अल्पायुमै असामयिक निधन भएको छ । माओबादी चौदण्डीढी नगर कमिटी सदस्य रहेका ४४ वर्षीय तामाङको सोमबार विहान ११ः०० बजे निधन भएको हो । 


पारिवारिक स्रोतलाई उद्धृत गर्दै माओबादी नेता राजन किराती (बासु)ले बताए अनुसार बजारबाट घर आउने क्रममा सामान्य मोटरसाईकल दुर्घटनामा परेर बेहोस् भएका तामाङको बेलटारस्थित नगर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 


मधुमेह (सुगर) रोगको सिकायत भएका तामाङ न्यून रक्तचाप (प्रेसर लो) का कारण मोटरसाईकलमै सवार हुँदा बेहोस भएर लडेको् अनुमान स्थानीयले गरेका छन् । चौदण्डीगढी नगरपालिका ६ बेलटारका स्थायी बासिन्दा तामाङ स्थानीय ज्योति नमूना मावि बेलटारका शिक्षक अभिभावक संक (पिटिए)का अध्यक्षसमेत हुन् । 


३ छोरी र श्रीमति रहेका प्रातस्मरणीय तामाङको निधनप्रति माओबादी नगर कमिटीले गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी पार्टी प्रदेश सदस्य राजन किराती, चौदण्डीगढी नगरप्रमुख कालु लामा, ज्योति मावि बेलटारका प्रधानाध्यापक राजकुमार ओझा, बेलटारका अगुगा युवा किशोर ताम्राकारलगायत बिभिन्न व्यक्ति र संस्थाहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गरेका छन् ।