खैराहामा मोटरसाईकल दुर्घटना, पति ठहरै, पत्नी घाईते

२0७९ भाद्र ११ शनिबार
खैराहामा मोटरसाईकल दुर्घटना, पति ठहरै, पत्नी घाईते

उदयपुृर, भदौ ११

गाईघाट–बेलटार खण्डको मदन भण्डारी लोकमार्गमा शनिबार भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको निधन भएको छ । एक घाईते भएका छन् । 


इटहरीबाट कटारीतर्फ आउँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको निधन भएको प्रहरीले जनाएको छ । 


चौदण्डीगढी नगरपालिका ९ स्थित खैराहा झोडास्थित सडकको घुम्ती मोडमा आफै अभियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको घट्नास्थलमै प्राण उडेको प्रहरीले जनाएको छ । 


कटारी नगरपालिका ४ स्थायी घर भई घुमफिरका लागि गएका पति पत्नी  इटहरीबाट घर फर्कने क्रममा दुर्घंटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी खड्काकी पत्नी २० वर्षीया संगीता घाईते भएकी छिन् । उनको उपचारपछि डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी इनसपेक्टर मोहन थापाले बताए । 


मृतकको शव उदयपुृर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । घट्नाबारे थप अनुसन्धान भईरहेको फुयालको भनाई छ ।