भीरबाट लडेर ठहरै 

२0७९ भाद्र ९ बिहीबार
भीरबाट लडेर ठहरै 

उदयपुर, भदौ ९

गोदाममा सामान राखेर घर फर्कदै गरेका एक बृद्धको हिजो राति लडेर निधन भएको छ । पसलको सामान घरनजिकै रहेको दागोदाममा राखेर फर्कदै गर्दा बाटोबाट लड्दा कटारी नगरपालिका १० सोताका ६० वर्षीय फौदबहादुृर श्रेष्ठको निधन भएको हो । 


बुधबार राति ९ः०० बजेको समयमा सामान राखेर फर्कने क्रममा लडेर २ सय मिटर तल खसेका श्रेष्ठको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राति भएकाले आँखा नदेखेर लड्दा घट्ना भएको अनुमान प्रहरीले गरेको छ । 


घट्ना भएको जाकारी आएर इलाका प्रहरी कार्यालय कटारीबाट खटेको डिएसपी कमाण्डको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको छ । घट्नाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी सूचना अधिकारी राकेशकुमार पोद्धारले बताए ।