देउराली जंगलमा बम (?), जनजीवन त्रसित

२0७९ भाद्र ७ मंगलवार
देउराली जंगलमा बम (?), जनजीवन त्रसित

उदयपुर, भदौ ७

नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद बस्तु (बम ?) फेला परेको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडेबीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद बस्तु फेला परेको हो । 


दिउसो ३ः०० बजेतिर मदन भण्डारी लोकमार्गमै शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरजे जनाएको छ । प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको बस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घट्नास्थलतर्फ पठाइएको बताए । 


सडक छेउमा शंकास्पद बस्तु भेटिएको खवर आएलगत्तै नेपाली सेनाको बोक्सेस्थित गणबाट पठाइएको डिस्पोजल टोलीले घट्नाबारे अनुसन्धान सुरु गरेको फुयालले बताए । उनका अनुसार शंकास्पद बस्तुमा बम छ वा अन्य विष्पोटक पदार्थ के होभ न्ने यकिन गर्न टोली परचिालन गरिएको छ । 


बिप्लब नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, राष्ट्रघाति अमेरिकन परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको भन्दै अन्य ३ राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आव्हान गरेको जनाएको छ । 


बन्दको अघिल्लो दिन मसाल जुलुस प्रदर्शन गर्दै जारी विज्ञप्तीमा ओली नेतृत्वको दुईतिहाई बहुमत नजिक सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, देशभर झुटा मुद्धा लगाएर थुनामा राखेका नेता कार्यकर्ता रिहा गर्ने तथा बाँकीमाथिको झुटा मुद्धाहरु खारेजी गर्ने भनी गरेको ३ बुँदे सम्झौताको उल्लंघन गरेको भन्दै नेपाल बन्द आव्हान गर्नु परेको जनाइएको छ । 


नेकपाले ऋषि कटेल अध्यक्ष रहेको अर्को नेकपा, आहुति महासचिव रहेको वैज्ञानिक समाजबादी पार्टी र कर्णजित बुढाथोकी अध्यक्ष रहेको नेकपा समाजबादीसँगको सहकार्यमा बन्द आव्हान गरेको विज्ञप्तीमा उल्लो छ । दिनभरजस्तो शान्त रहेको बन्दको उत्तराद्र्धमा लोकमार्गमै शंकास्पद बस्तु फेला परेपछि एकाएक जनजीवन त्रसित बन्न पुगेको छ ।