उदयपुरमा जनस्वास्थ्यकर्मी महासंघ गठन

२0७९ भाद्र ४ शनिबार
उदयपुरमा जनस्वास्थ्यकर्मी महासंघ गठन

उदयपुर 

उदयपुरमा स्वास्थ्यकर्मीहरुको संस्थाको जिल्ला तदर्थ समिति गठन भएको छ । नेकपा (माओबादी केन्द्र) निकट स्वास्थ्यकर्मीहरुको संगठन ‘अखिल नेपाल प्रगतिसिल जनस्वास्थ्यकर्मी महासंघ उदयपुरको जिल्ला तदर्थन समिति गठन भएको हो । 


शनिबार माओबादी केन्द्रको पार्टी कार्यालय गाईघाटमा सम्पन्न स्वास्थ्यकर्मीहरुको पहिलो भेलाले तदर्थ समिति गठन गरेको हो । पार्टी महासंघ प्रदेश १ प््रmयाक्सन इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष अञ्वना पोखरेलको उपस्थितिमा भएको भेलाले गठन गरेको समितिको अध्यक्षमा श्रीकान्त चौधरी चयन भएका छन् । 


चौधरी चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अधिकृतस्तर सातौँ तहका स्वास्थ्यकर्मी हुन् । १७ सदस्यीय समितिको सचिवमा भिमा बुर्जामगर छानिएकी छिन् भने अन्य सदस्य रहेका छन् । भेलाले जिल्लाका ८ वटै स्थानीयतहमा संयोजकसमेत तोकेको छ । 


जस अनुसार त्रियुगा नगरपालिकाको संयोजकको जिम्मेबारी रीता राईले पाएकी छिन् भने कटारीको संयोजकमा ज्योति कार्कीलाई तोकिएको छ । त्यसैगरी चौदण्डीगढीको संयोजक रामपुजन महतो र बेलकामा श्यामकुमार बिक संयोजक भएका छन् । उदयपुरगढी संयोजक अमृत लायोमगर तोकिदा ताप्ली गाउँपालिकाको संयोजक हरि लगुन छानिएकी छिन् । लिमचुङबुङ र रौतामाई गाउँपालिकास्तरीय संयोजक तोक्न बाँकी छ । 


महासंघको अधिवेशन छिट्टै गरेर जिल्ला कार्यसमिति बनाउने तयारीमा लाग्न निर्देशन दिइएको केन्द्रीय सदस्य गुरुप्रसाद पोखरेल (आबेग)ले बताए । उनका अनुसार महासंघलाई हरेक स्थानीयतहमा बिस्तार गरी स्वास्थ्यकर्मीहरुको पेशागत हक अधिकारको पैरवी गर्दै परेका समस्याको समाधान खोज्न क्रियासिल गराउने पार्टी नीति रहेको छ ।