माछा मार्न गएका राईको खोलामा डुबेर निधन

२0७९ भाद्र ३ शुक्रबार
माछा मार्न गएका राईको खोलामा डुबेर निधन

उदयपुर, भदौ ३ 

उदयपुरको पहाडी गाउँपालिका ताप्लीका एक पुरुषको यारी खोलामा डुबेर निधन भएको छ । बिहीबार विहान माछा मार्न गएका ताप्ली गाउँपालिका १ मादलेका ३५ वर्षीय नगेन्द्र राईको स्थानीय यारी खोलामा डुबेर निधन भएको हो । 


माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका राईलाई स्थानीयले साँझ ६ः०० बजेको समयमा दहमा मृत अवस्थामा भेटेर प्रहरीलाई खवर गरेका थिए । प्रहरी चौकी रुपाटार र इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनको शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको छ । 


घट्नाबारे थप अनुसन्धान सुरु भएको र शवको पोष्टमार्टमको प्रक्रिया अघि बढेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।