कुरीभन्ज्याङमा टिपर दुर्घटना हुँदा २ जना ठहरै

२0७९ श्रावण ३१ मंगलवार
कुरीभन्ज्याङमा टिपर दुर्घटना हुँदा २ जना ठहरै

उदयपुर, साउन ३१

मंगलबार विहान सिद्धिचरण लोकमार्गको कुरीभन्ज्याङमा भएको टिपर दुर्घटनामा परी दुईजनाको निधन भएको छ । कटारीदेखि घुर्मीतर्फ सिमेन्ट लिएर जाँदै गरेको विहान टिफर दुर्घटना हुँदा २ जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । एकजना घाईते भएका छन् । 


कटारी बजारबाट घुर्मीतर्फ हिडेको बा ४ ख ५६७१ नं. को टिपर लोकमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरी भन्ज्याङमा विहान १०ः०० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र सोही ठाँउका ४० वर्षीय मिर्चिङ कान्छा मगरको ज्यान गएको हो । 


सिमेन्ट बोकेको टिपरले बिपरित दिसाबाट आउँदै गरेको अर्को सवारी साधनलाई साईड दिने क्रममा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा परी सोही गाडीमा सवार कटारी ८ कै ४० वर्षीय चन्द्रबहादुर मगर गम्भीर घाईते भएका छन् । 


उनको उद्धार गरी कटारी अस्पतालमा उपचार गर्न पठाइएको छ । घट्नालगत्तै भागेका टिपर चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी प्रम्ुख एसपी ज्ञानेन्द्र फुयालले बताए ।