खोलाले बगाएर पुरुषको निधन

२0७९ श्रावण १७ मंगलवार
खोलाले बगाएर पुरुषको निधन

उदयपुर, साउन १७

उदयपुरमा त्रियुगा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । रौतामाई गाउँपालिका ७ मुर्त्रिकुची नजिकै त्रियुगा खोलाको बाढीले सोमबार साँझ बगाउदा त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईको निधन भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीलाई उद्रृत गर्दै प्रहरीले वताए अनुसार  साँझ ६:३० बजे खोला तर्ने क्रममा बाढीले बगाएएको थियो । बजारदेखि घर फर्कदा खोलाले बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा चापागाइको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्याललय उदयपुरका निमित्त सुचना अधिकारी मोहन थापाले बताए । उनका अनुसार स्थानीयबासीले खोलाको कौवाईस्थित त्रियुगा पुलनेर लडिरहेको देखेर निकाल्दा उनको प्राण उडिसकेको थियो ।

घटनास्मृथलको सोमबारै सरजमिन मुचुल्तका उठाई मृकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।