बेलकाका एमाले नेताहरु माओबादीमा प्रवेश

२0७९ श्रावण १६ सोमबार
बेलकाका एमाले नेताहरु माओबादीमा प्रवेश

बेलका, साउन १६

नेकपा (एमाले) बेलका नगर पार्टी सचिवसहित नगर सदस्यहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। यसअघिका मेयर दुर्गाकुमार थापाका स्वकीय सचिवसमेत रहेका एमाले नगर सचिव नुनिराम राईलगायत बेलका नगरपालिकाको एमाले नगर सदस्य राज कुमार बस्नेतसहीत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।

 

सोमवार रामपुरस्थित आदिवासी जनजाति सभाहलमा माओवादी केन्द्र बेलका नगर कमिटीद्रद्वारा आयोजित एक कार्यक्रममा सचिव राईसहित स्थानीय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।कार्यक्रममा प्रमुख अथिति  माओवादी प्रदेश नं. १  कमिटी सचिवालय सदस्य राजन किराती ‘बासु’ले  नव प्रवेशीहरुलाई अबिर र माला लगाएर पार्टीमा स्वागत गरे ।

 

।किराती सहित प्रदेश कमिटी सदस्यहरु रमन भट्टराई , राकेश किराती, श्याम श्रेष्ठ नगर पार्टी अध्यक्ष मनोज तामाङलगायतको उपस्थिति रहेको पार्टी, नगर प्रवक्ता ललित राईले बताए । सो अवसरमा  प्रमुख अतिथी किरातीले मुलुकका सबै परिवर्तनकामी बिचार बोक्ने क्रान्तिकारीहरु एकजुट हुनुपर्ने आवश्यकता औल्याए ,देशमा बिद्धमान सबै खाले परिवर्तनहरु माओवादीको बलमा आएको र ति उपलव्ध उल्टाउन प्रतिगामीहरु लागिरहेकोले सबै नागरिक सचेत हुनुपर्ने बताए।

 

त्रयसैगरी नगर अध्यक्ष मनोज तामाङले माओवादी केन्द्र बेलकामा थप मजबुत बन्दै गएको र युवा तथा बौद्धिक व्यक्तित्वहरुको आकर्षण पार्टीप्रति बढ्दै गएको बताए। अध्यक्ष तामाङले निकट भविष्यमा बेलकामा बिभिन्न राजनैतिक दल त्याग गरी निक्कै ठुलो जनमानस माओवादी केन्द्रमा प्रवेश गर्ने भविष्पयबाणी नि गरे।

 

कार्प्रयक्तिरममा बद्धता मन्तव्य दिदै नव प्रवेशी एमालेका पुर्व सचिव नुनिराम राईले मुलुकको हरेक खाले परिवर्तन माओवादी केन्द्र पार्टीवाट मात्रै सम्भव रहेको बताए । त्यसैले समाजको परिवर्तन र बिकासका लागि माओवादी केन्द्र निर्विकल्प रहेकाले आफुहरु माओबादीमा प्रवेश गरेको उनले बताए।

 

कार्यक्रममा प्रदेश सदस्यहरु रमन भट्टराई , राकेस किराती, श्याम श्रेष्ठलगायतका नेताहरुले नव प्रवेशीहरुलाई शुभकामना दिदै आगामी दिनमा बेलकामा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाइ छाड्ने उद्घोष गरेका थिए।