छठ र दुर्गा पुजा समितिमा साह र गुप्ता 

२0७९ श्रावण १५ आईतवार
छठ र दुर्गा पुजा समितिमा साह र गुप्ता 

उदयपुर, साउन १५

तराईबासीको महत्वपूर्ण पर्व मानिने छठ पुजा व्यवस्थापन समिति उदयपुरले नयाँ नेतृत्व पाएको छ । शनिबर सम्पन्न अधिवेशन तथा साधारणभाले चन्दनकुमार साह हलुवाईको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । 


१५ सदस्यीय कार्यसमितिको ३ उपाध्यक्षमा श्यामकुमार भगत, बिजयकुमार साह र अनिता भगत छानिएका छन् भने सचिवमा ललितकुमार नायक, सहसचिव शम्भुप्रसाद शर्मा, कोषाध्यक्ष सुरज साह निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका सदस्य सागर नेपालका अनुसार सदस्यमा प्रमिला थापा, अनिता खतिवडा, सिंंहेश्वर गुप्ता, चन्देश्वर विश्वकर्मा, भगतकुमार झा (पंडित), राजकुमार ठाकुर, निर्मला राई र लक्ष्मी गुप्ता चयन भएका छन् । 


गत आर्थिकवर्ष छठ पुजामा भएको आम्दानी तथा खर्च बिबरण पनि साधारणसभामा प्रस्तुत गरी पारित गरेको छ  जस अनुसार आम्दानीतर्फ ४ लाख ६८ हजार ५ सय ३४ र खर्च ४ लाख ३५ हजार ३ सय १३ भएर ३३ हजार २ सय २१ रुपैँया बचत भएको छ । साधारण सभाले बिगत वर्षहरुमा भए गरेका बिभिन्न गतिबिधिको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप गतिसिल बनाउँदै लाने नीति पनि साधारणसभाले पारित गरेकोे छ । 


त्यसैगरी शनिबारै त्रियुगा नगरपालिका १२ स्थित दुर्गा पुजा व्यवस्थापन समितिले पनि नयाँ नेतृत्व पाएको छ । संस्थाको अधिवेशन तथा साधारणसभाले रुपम अनुराग गुप्ताको अध्यक्षताामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा निर्मलादेवी गाई, सचिव उमेश गुप्ता, सहसचिव अनिल गुप्ता र कोषाध्यक्ष शिलाकुमारी महतोलाई छानेको छ । अध्यक्ष मण्डलका संयोजक रमेश रसाईलीका अनुसार अधिवेशनले सदस्यमा सुनिल साह, सुनिता महत्तो, बविता साह, शंकर साह, ललित नायक र खेमराज गुप्तालाई चयन गरेको छ । 


संयोजक रसाईलीले साधारणसभामा प्रस्तुत अघिल्लो वर्षको आम्दानी ४ लाख ८१ हजार २ सय १० र खर्च २ लाख २२ रुपैँया भएको र बाँकी २ लाख ८१ हजार १ सय ८८ रुपैँया बचत रहेको प्रतिबेदन पनि पारित गरेको बताए । दुवै संस्थाको अलग–अलग कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी लाईले गरेकी थिईन् । सो क्रममा उपमेयर राईले दुबै संस्था  धार्मिक आस्थामा आधारित भएकाले सेवामा केन्द्रित भएर अघि बढ्न सुझाईन् । उनले दुवै संस्थालाई नगरपालिकाबाट गर्नसक्ने र हुनेम्मको सहयोग गर्ने प्रतिबद्धता पनि जनाईन् । 


उपमेयर राईले त्रियुगा नदी किनार र बजार क्षेत्रमा वर्षेनी लगाइने छठ तथा दुर्गा पुजालाई आगामी दिनमा व्यवस्थित गर्न सुझाउँदै यसलाई पर्यटन विकाससँग जोड्नुपर्ने बताईन् । विगतमा मधेसी समुदायले मात्रै मनाउने छठ पछिल्लो समय अन्य समुदायले पनि मनाउन थालेकाले सामुहिक पर्वको रुप लिदै गएकाले पनि आन्तरिक पर्यटन विकासमा यसले महत्व राख्ने उनको बझाई थियो । 


कार्यक्रममा त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोइराला, एमाले नेतृ सृजना दनुवार, पत्रकार भरत खड्का, व्यापारी रमेश रसाइलीलगयतले छठ पुजा र दुर्गा पजालाई संस्थागत गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।