खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नीच्यटको भूकम्प

२0७९ श्रावण १५ आईतवार
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नीच्यटको भूकम्प

उदयपुर, साउन १५

खोटाङ केन्द्रबिन्दु भएर आईतबार विहान भूकम्प गएको छ । खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर विहान ८ बजेर १३ मिनट र ८ बजेर २४ मिनटमा दुईपटक भूकम्प गएको हो । 


भूकम्प मापन केन्द्रका अनुार ६ रेक्टर स्केलको भूकम्प जाँदा क्षति भने त्यति भएको खवर आएको छैन । साकेला गाउँपालिकामा केही घर भत्केको भए पनि मानवीय क्षतिको बिबरण अहिलेसम्म नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओे) सूर्य सेँढाईले बताए । 


दईपटक धक्का महसुस गरिएको भूकम्पले खासै क्षति भएको खवर नआए पनि साकेला गाउँपालिकामा एउटा घर भत्केको र केही घर चर्केको प्रारम्भिक जानकारी आएको भन्दै पुष्टि गर्न प्रहरी पठाएको सिडिओ सेँढाईले बताए । उनका अनुसार बिस्तृत जानकारी पाउन केही समय लाग्नेछ ।


निरन्तरको वर्षा र बिकट पहाडी भूभाग भएकाले प्रहरी परिचालन गर्न तथा सञ्चार सम्पर्क गर्न कठिनाई भईरेको उनले बताए । खोटाङमा २४ घण्टायता निरन्तर वर्षा भईरहेको उनले बताए । 


छिमेकी जिल्ला उदयपुरमा पनि भूकम्पको धक्का धृेरैले महसुस गरेका छन् । क्षति भएको जानकारी भने नआएको जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बताए । उनका अनुसार विहान र वर्षा भईरहेकाले प्राय सबै मान्छे घरमै रहेकाले भूकम्पको धक्का महसुस गरेको उनले बताए ।