खोटाङमा झण्डै ४६ करोड बेरुजु,  दिक्तेल रुपाकोट मझुवागढीमा ७ करोड ५२ लाख ९७ हजार

२0७९ श्रावण १२ बिहीबार
खोटाङमा झण्डै ४६ करोड बेरुजु,  दिक्तेल रुपाकोट मझुवागढीमा ७ करोड ५२ लाख ९७ हजार

उदयपुर, साउन १२

खोटाङमा पनि अन्य जिल्लामाजस्तै बेरुजु रकमको आकार बढी देखिएको छ । ०७७÷७८ को महालेखा परीक्षक कार्यालयको प्रतिबेदन अनुसार जिल्लाका २ नगरपािलकासहित १० स्थानीयतमा झण्डै ४६ करोड बेरुजु देखाएको छ । 


मलेपको ‘५९ औँ वार्षिक प्रतिबेदन’मा खोटाङमा ४५ करोड ७६ लाख ५५ हजार बेरुजु देखिएको छ । आर्थिकवर्ष ०७७÷७८ मा खोटाङमा कुल २ अर्ब ३ करोड ५३ लाख ७२ हजारको आर्थिक कारोबार भएको थियो । 


१० वटा स्थानीयतहमा वार्षिक कुल कारोबार रकमको ३.७० प्रतिशत बेरुजु देखिएको मलेप प्रतिबेदनले औँल्याएको छ । दिक्तेल रुपाकोट मझवागढी र हलेसी तुवाचुङ नगर तथा ८ गाउँपालिमध्ये सबभन्दा बढी सदरमुकामकै दिक्तेल रुपाकोट मझुवागढीमा ७ करोड ५२ लाख ९७ हजार बेरुजु देखिएको छ । गाउँपालिकातर्फ सबभन्दा बढी केपिलासगढीमा ५ करोड ६ लाख १२ हजार बेरुजु देखिएको छ । 


अर्को नगरपालिका हलेसी तुवाचुङमा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखाइएको छ । हलेसी तुवाचुङको बेरुजु प्रतिशत ४.५४ रहेको छ । गतवर्षको जिम्मेवारी सरी आएको ५ करोड ५१ लाख २ हजारसहित ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको हलेसी तुवाचुङमा ५९ करोड ९० लाख ७४ हजार खर्च भएको देखाइएको छ । 


गाउँपालिकातर्फ ठूलो बेरुजु केपिलासगढीमा ५ करोड ६ लाख १२ हजार बेरुजु देखिएको छ । केपिलासगढीमा ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण केपिलासगढीमा ५ करोड ६ लाख १२ हजार बेरुजु देखिएको छ । बेरुजु अंक ६.३१ प्रतिशत रहेको छ ।


दोस्रो ठूलो बेरुजु बाराहपोखरीमा ४ करोड ३१ लाख ८५ हजार रहेको छ । ६४ करोड ८८ लाख २९ हजारको लेखा परीक्षणमा बाराहापोखरीमा ६.६६ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ जिम्मेवारी सरेर आएको अघिल्लो वर्षको ६ करोड ९८ लाख ८२ हजारसहित ३० करोड ८४ लाख ८० हजार आम्दानी र ३४ करोड ३ लाख ४९ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ ।


यता ऐसेलुखर्कमा २ करोड ३९ लाख २८ हजार बेरुजु देखिएको छ । त्यहाँ ९ करोड ६९ लाख ५७ हजार आर्थिक कारोबारको लेखापरीक्षणमा २.६४ प्रतिशत बेरुजु रहेको छ । खोटेहाङमा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । त्यहाँ १ अर्ब २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो वर्षको जिम्मेवारी ४ करोड २० लाख ११ हजारसहित ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएको खोटेहाङमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ । 


त्यसैगरी जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षणमा ६.८२ प्रतिशत बेरुजु प्रतिबेदनले देखाएको छ । पहिलो वर्षको जिम्मेवारी २ करोड ५९ लाख २३ हजारसहित ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको जन्तेढुंगामा ४० करोड ८ लाख ३१ हजार खर्च भएको छ । 


साकेला गाउँपालिकाले ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा  १ करोड ४६ लाख ८६ हजार बेरुजु देखिएको छ । जिम्मेवारी सरी आएको २ करोड ६३ लाख ५९ हजारसहित ३४ करोड ६० लाख २० हजार आमदानी र ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको पाइएको छ । त्यहाँको बेरुजु हिस्सा २.१३ प्रतिशत रहेको मलेप प्रतिबेदनले देखाएको छ । 


दिप्रुङ चुईचुम्मामा गाउँपालिकामा ३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ ।  ३.१४ प्रतिशत बेरुजु देखिएको त्यहाँ जिम्मेवारी सरी आएको ८२ लाख ७१ हजारसहित ५९ करोड २७ लाख ४ हजार आमदानी भएको र ४८ करोड ३५ लाख ७ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ । 


रावाबेँसी गाउँपालिकामा २ करोड ४९ लाख ३३ हजार बेरुजु देखिएको छ । जम्मा ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गरिएको रावाबेँसीमा बेरुजु अंक ३.३५ पाइएको (छ । सो गाउँपालिकामा अघिल्लो वर्षको जिम्मेवारी ४ करोड ५८ लाख ३९ हजारसहित ३६ करोड ९८ लाख ७० हजार आय भएको तथा ३५ करोड ४० लाख २० हजार खर्च भएको देखिएको छ ।