गुडिरहेको म्याजिक टेम्पोमा आगलागी

२0७९ श्रावण ९ सोमबार
गुडिरहेको म्याजिक टेम्पोमा आगलागी

उदयपुर

यहाँ गुडिरहेको एक म्याजिक टेम्पोमा अचानक आगलागी भएर क्षति पुगेको छ । सोमबार मध्यान्ह पौने १२ बजेको समयमा मदन भण्डारी लोकमार्ग भएर गाईघाटबाट इटहरीतर्फ जाँदै गरेको प्र २–००२ च ५०२१ नं. को म्याजिक टेम्पो चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित गुडिरेकै अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 


गुडिरहेको गाडीमा आगलागी भएको भन्ने जानकारी टेलिफोनमार्फत पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको निरीक्षक नेतृत्वको टोली घट्नास्थल पुगेर दम्कल, सशस्त्र र जनपथ प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन २० मिनट समय लागेको प्रहरीले जनाएको छ । 


्आगलागीबाट मानवीय क्षति नभएको तर, गाडी र गाडीभित्र रहेको ५० कार्टुन थुक्पा जलेर नष्ट भएको । आगलागीबाट १३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी मोहन थापाले बताएका छन् ।