ट्याक्टर दुर्घटनामा बालकको निधन

२0७९ श्रावण ६ शुक्रबार
ट्याक्टर दुर्घटनामा बालकको निधन

भोजपुर

भोजपुरमा ट्याक्टरको ठक्कर लागेर एक बालकको ज्यान गएको छ । भोजपुर नगरपालिका १२ स्थित भित्रि सडकमा ट्याक्टरले ठक्कर दिँदा स्थानीय सुन्दर तामाङका ४ वर्षीय छोरा मेन्सन तामाङको निधन भएको हो । 


बिहीबार साँझ ६ बजे मे १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कार्यालय बिराटनगरले जनाएको छ । मृतक बालकको शव जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ । 


ट्याक्टर र चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय  भोजपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाइएको छ ।