डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी 

२0७९ श्रावण ५ बिहीबार
डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी 

बिराटनगर, 

प्रदेश प्रहरी कार्यालयले हरेक महिना घोषणा गर्ने गरेको महिनाको ;सर्वोत्कृष्ट प्रहरी'को पुरस्कार असारमा इलाका प्रहरी कार्यालय अनारमनी, झापाका प्रमखु डिसपी रुगमबहादुर कुँवरले पाएका छन् । झापा अर्जुनधारा नगरपालिका ४ जुकेखाडी साहसी टोलस्थित कच्ची सड्क खण्डको ह्वुमपाइपभित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा बाँधेर फालेको शवको बारेमा अनुसन्धान गरेवापत उनी सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । 


शव पहिचान हुन नसक्ने अवस्थामा भेटिएको मृतक पुरुषको लाशको सुक्ष्म रुपमा अनुसन्धान गरी पहिचान खुलाउन सफल हुनुका साथै घटनामा संलग्न अपराधीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेकै कारण कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गएिको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले बताए । 


पुरस्कृत कुवरले लागुऔषध, चोरीलगायत अन्य बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पनि पत्ता लगाएर पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको राईले बताए । यसका साथै उनले आफु कार्यरत इलाका प्रहरी कार्यालय अनारमनीका आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकाले पनि उनलाई उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको हो । 


कुँवरले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । 


सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरीअन्तरगतका सबै इलाका प्रहरी कार्यालय क स्तरसम्ममा १ महिना सम्म राखिदै आउने गरेको एस्पी राईले बताएका छन् ।