माओबादी नेताद्वयलाई पारिवारिक शोक

२0७९ श्रावण ४ बुधबार
माओबादी नेताद्वयलाई पारिवारिक शोक

उदयपुर

नेकपा (माओबादी केन्द्र) का पोलिटव्युरो सदस्य तथा सांसद सुरेशकुमार राई (हिमाल) र त्रियुगा नगरपालिका १५ का वडाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना शोकमा परेका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिसिभा सदस्यसमेत रहेका नेता राईका सहोदर दाजु किरण राईको मंगलबार अचानक निधन भएको छ । 

 

राईको उच्च रक्तचापका कारण निधन भएको बताइएको छ । उनको पार्थिव शरिर अन्त्यष्टिका लागि बेलका नगरपालिका ४ गुरुङचौरी ल्याइएको छ । उनको बुधबारै किराती परम्परा अनुसार अन्त्यष्टि गर्ने तयारी भईरहेको नेकपा (माओबादी केन्द्र) बेलकाका सविच ललित राईले बताए । 


त्यस्तै वडाध्यक्ष तिम्सीनाकी पत्नी सीताको मंगलबारै राजधानीमा निधन भएको हो । केहीदिनयता बिरामी रहेकी तिम्सीनालाई उपचारार्थ अघिल्लो दिन काठमाडौँमा लगिएकोमा उहीँ निधन भएको परिवारले जनाएको छ । 


मुटु रोगले ग्रसित सीताको चित्सिा शास्त्र अध्ययन संस्थान (टिचिङ अस्पताल) महाराजगञ्जमा मंगलबार राति निधन भएको परिवारलाई उद्धृत गर्दै स्थानीय माओबादी नेता कमल राईले बताए । राईका अनुसार सीताको मुटुको मंगलबारै सल्यक्रिया (अप्रेसन) गरिएकोमा केही घण्टापछि नै निधन भएको हो ।


सीताको पार्थिव शरिर बुधबार विहान मात्र स्थायी घर खाँबु ल्याई पु¥याइएको छ । उनको बुधबारै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको राईले बताए । तिम्सीनाका १ छोरा र नाबालिकासहित २ छोरी रहेको बताइएको छ ।  

 

शोकमा परेका नेता राई र तिम्सीना परिवारप्रति नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समिति सचिव किरण राई, त्रियुगा नगर कमिटी अध्यक्ष गीता खड्का (अजिता), उपाध्यक्ष तथा वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राई, १४ का वडाध्यक्ष हिमराज मगरलगायतले दुःख व्यक्त गर्दै गहिरो समबेदना प्रकट गरेका छन् ।