प्रदेश प्रहरी प्रमु्ख उदयपुरमा 

२0७९ असार २९ बुधबार
प्रदेश प्रहरी प्रमु्ख उदयपुरमा 

असार २९

नवनियूक्त १ नम्बर प्रदेश प्रहरी प्रमुखले उदयपुर प्रहरी कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । भर्खरै नियुक्त प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गरेका हुन् । 


निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय भवन, वस्तुस्थिति, कर्मचारीको अवस्था र त्यहाँ कार्यरत प्रहरी कर्मचारीको विषयमा जानकारी लिएको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए । एसपी बोहराका अनुसार सो अवसरमा डिआईजी गिरीले प्रहरी कर्मचारीलाई भेला गरी आवश्यक शान्ति सुरक्षा र अमनचयनबारे निर्देशन दिएका थिए । 


निर्देशन दिने क्रममा डिआईजी गिरीले प्रहरी प्रधान कार्यालयले अपनाएको 'शून्य शहनशिलता' नीतिको अक्षरसः पालना गर्न आग्रह गरे । त्यस्तै उनले प्रहरीलाई युग अनुकुल प्रविधीमैत्री बन्न, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न र जनमुखी कार्यमा ध्यान दिन पनि निर्देशन दिएका थिए । उनले पुराना र पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिक्तामा राखेर कार्य गर्न निर्देशन दिदै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 


डिआईजी गिरीले पछिल्लो समय समुदायमा आत्महत्या गर्नेको संख्या तिब्ररुपले बढ्दै गईरहेको सन्दर्भमा समुदायस्तरसम्म पुगेर यसविरुद्ध सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले गाँजा खेती बढ्दै गईरहेको पाइएकाले त्यसविरुद्ध समयमै प्रहरी परिचालन गरेर नियन्त्रण गर्नेतर्फ बिशेष ध्यान दिनसमेत निर्देशन दिएको एसपी बोहराले बताएका छन् ।