सुनकोसीले बगायो दुई किशोरीलाई

२0७९ असार २२ बुधबार
सुनकोसीले बगायो दुई किशोरीलाई

उदयपुर

उदयपुर साउनेका दुई किशोरीलाई बुधबार सुनकोसीले बगाएर बेपत्ता पारेको छ । गाई बाख्रा चराउन कोसी किनार पुगेका त्रियुगा नगरपालिका १४ साउनेका १३ र १२ वर्षीया किशोरी कोसीमा डुबेर बेपत्ता भएका हुन् । 


उनीहरु कोसीमा डुबेर बेपत्ता भएको खवर त्रियुगा १४ का पूर्व वडाध्यक्ष कुरुङ राईले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । राईको फेसबुकमा पोष्ट भए अनुसार खामबहादुर राईकी छोरी बिपना र जीतबहादुर राईकी छोरी बिना बुधबार दिउसोदेखि कोसीमा परेर बेपत्ता भएका हुन् । 


प्रहरीले पनि घट्नाको पुष्टि गर्दै दुई किशोरी बेपत्ता भएको जनाउको छ । जिल्ला प्रहरी प्रमुख सुबासचन्द्र बोहराका अनुसार १३ वर्षीया बिपना र १२ वर्षीया बिना गाई बाख्रा चराउन गएका उदयपुर र खोटाङको सीमास्थल धाब्लाङस्थित झोलुङ्गे पुल आसपासबाट कोसीमा परेर बेपत्ता भएका हुन् । 


उनीहरु बेपत्ता भएको खवर स्थानीयबाट पाएल्गत्तै साउने प्रहरी चौकी र परिवार तथा आफन्तले खोजी कार्य थालेको तर, अहिलेसम्म नभेटिएको एसपी बोहराले बताए । प्रहरीले अहिले पनि उनीहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।