चट्याङ लागेर उदयपुर र सोलुका दुईजनाको निधन

२0७९ असार २२ बुधबार
चट्याङ लागेर उदयपुर र सोलुका दुईजनाको निधन

उदयपुर

मंगलबार चट्याङ लागेर घाईते भएका उदयपुरका एकसहति दुईजनाको ज्यान गएको छ । अघिल्लो दिउसो खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घाईते भएका  चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईका रोशन चौधरीको बुधबार निधन भएको हो । 


खेतमा रोपाईका लागि काम गर्दै गर्दा भारी वर्षासँगै परेको चट्याङ लाग्दा २५वषीृय चौधरी गम्भीर घाईते भएका थिए । उनको उद्धार गरी उपचारार्थ सप्तरीको फत्तेपुर लगिएकोमा उपचारकै क्रममा निधन भएको बाबु गुरुदेवलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 


त्यसैगरी मंगलबारै चट्याङ प्रहारबाट घाईते भएका सोलुखुम्बुको थुलुङ दुधकोशी ९ साउरेका एक बालकको पनि निधन भएको छ । मंगलवार बेलुका ७ः०० बजे वर्षासँगै परेको चट्याङको झट्काले ७ वर्षीय सुजन तामाङको निधन भएको हो । 


आमा पाकमाया तामाङसँगै मावल जादै गरेका तामाङको वाटोमा वर्षासँगै परेको चट्याङले घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।