अव अबिबाहित एकल महिलाले पनि भत्ता पाउने

२0७९ असार १९ आईतवार
अव अबिबाहित एकल महिलाले पनि भत्ता पाउने

उदयपुर

श्रीमान्को मृत्युपर्यन्त एकल भएका महिलालाई त सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएकैछ तर, अव बिहे गरेर श्रीमानसँग अलग रहेका तथा बिहे नगरेका एकल महिलाले पनि भत्ता पाउने भएका छन् । नेपाल सरकारले बिहे गरे पनि श्रीमानुसँग १२ वर्षदेखि अलग्गै बस्दै आएका तथा बिहे नगरी बसेका ४० वर्ष उमेर कटेका एकल महिलालाई भत्ता दिने नीति पास गरेको छ । 


गत शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले ४० वर्ष उमेर पुगेका एक्लो जीवन बिताउँदै आएका विवाहित वा अविवाहित महिलालाई पनि भत्ता दिने निर्णय गरेको हो । बैठकले विद्यमान सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्दै त्यस्ता महिलालाई पनि भत्ता उपलब्ध गराउने प्रावधान राख्ने सहमति गर।ेको छ । 


पारित नीति अनुसार बिहेपछि सम्बन्ध विच्छेद गरेर श्रीमानसँग १२ वर्षदेखि सँगै नरहेका विवाहित वा ४० वर्षसम्म बिहे नगरी बसेका  महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर भत्ता उपलब्ध गराउने प्रावधान सर्वसम्म पारित भएको समितिकी सचिव बबिता मिश्रले बताएकी छिन् । 


त्यसैगरी पीछडिएका क्षेत्र र कुनै निश्चित क्षेत्रमा बस्ने नागरिकलाई पनि भत्ता उपलब्ध गराउन सक्ने प्रावधान समेटेको सचिव मिश्रले बताईन् । विवाह गरी वा नगरी एक्लो जीवन बस्दै आएका र ४० वर्ष उमेर पुगेका, सम्बन्ध विच्छेद गरेर पनि १२ वर्षदेखि श्रीमानसँग नरहेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यथित गरिरहेका महिलालाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राख्नुपर्ने कुरा पनि संशोधनमा स्वीकार गरिएको उनले बताईन् । 

 

सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई राज्यले प्रशंशा पत्रसहित सम्मान गर्ने प्रावधान पनि समितिले पारित गरेको छ ।