त्रियुगाका विषयगत समितिमा को कुनमा संयोजक ?

२0७९ असार १७ शुक्रबार
त्रियुगाका विषयगत समितिमा को कुनमा संयोजक ?

गाईघाट

त्रियुगा नगरपालिकाले बिभिन्न विषयगत समितिको संयोजक तोकेर जिम्मेबारी बाँडफाँड गरेको छ भने र नगरपालिका प्रवक्तासमेतको टुंगो लगाएको छ । 
। नगरप्रमुख बसन्त बस्नेतले सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण र बिपत व्यवस्थापन, आर्थिक, सार्वजनिक लेखा तथा क्षेमता विकास तथा विधेयक समिति गठन गर्दै संयोजक तोकेका हुन् । 

कार्यपालिका बैठकले समिति बाँडफाँड गर्दा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) लाई २÷२ वटा समिति र संयोजकको भाग परेको छ । यसअघिको कार्यकालमा सामाजिक विकास समिति संयोजक रहेका मानबहादुर राईले भौतिक पूर्वाधार समिति संयोजकको जिम्मा पाएका छन् । सो ठाँउमा ५ न्ं. वडाध्यक्ष उद्धबकुमार थापा संयोजक भएका छन् ।


त्यस्तै, आर्थिक विकास समिति संयोजक २ का वडाध्यक्ष घमासिंह खत्री, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक ४ नं. वडाध्यक्ष बद्री बस्नेत तोकिएका छन् । त्यस्तै, पूर्वाधार विकास समिति संयोजकमा १६ नं. वडाध्यक्ष मानबहादुर राई, वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजकमा १० नं. वडाध्यक्ष किरण पाण्डे र विधेयक समिति संयोजकमा १४ नं. वडाध्यक्ष हिमराज मगर तोकिएका छन् ।


यसअघिको नगरकार्यपालिकामा माओबादीका १६ नं. वडाध्यक्ष राई सामाजिक विकास समिति संयोजक थिए । विधेयक समिति संयोजक पाउने मगर पनि माओबादीबाट विजयी वडाध्यक्ष हु्न् । आर्थिक समिति संयोजक पाउने खत्री र बिपत् व्यवस्थापनको संयोजक भएका पाण्डे एमालेका हुन् । सार्वजनिक सेवा समिति संयोजक बनेका बस्नेत काँग्रेसका हुन् । राईको ठाउँमा सामाजिक विकास संयोजक पाउने ५ नं. वडाध्यक्षमा दोहोरिएका थापा र सार्वजनिक सेवा संयोजक पाउने ४ नं. वडाध्यक्ष बस्नेत काँग्रेसका हुन् 


नगरप्रमुख बसन्तकुमार बस्नेतले नगरपालिकाको कार्यसंपादन नियमावली २०७४ को नियम १५ बमोजिम बिभिन्न समितिको संयोजक तोकेका हुन् । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार विषयगत समितिको नगरपालिकामा ठूलो महत्व हुने गर्छ । बजेट बाँडफाँडदेखि कर्मचारी परिचालन, भौतिक पूर्वाधारको योजना तर्जुमादेखि शिक्षा, स्वास्थ्य, कृषि, बिपत् व्यवस्थापनलगायत सबै कुरामा समिति संयोजकहरुको महत्वपूर्ण भूमिका हुने गरेको अधिकृत ढकालले बताए । 


कार्यपालिका बैठकले ३ नं. वडाध्यक्ष तिलक कटुवाललाई नगर प्रवक्ता तोकेको छ । वडाध्यक्ष निर्वाचित भएदेखि नै कटुवाल र राईमध्ये एकजनाले सामाजिक विकास समितिको संयोजक पाउने चर्चा चलेको थियो । अन्त्यमा राई माओबादी हुनु र काग्रेसका थापा र कटुवाल दुईजनाले दावी गरेपछि दोहोरिएर वडाध्यक्ष जितेकाले यो जिम्मेबारी कटुवाललाई नदिएर उनलाई दिइएको अनुमान गएिको छ ।