उदयपुरका सबै पालिकाको नीति कार्यक्रम प्रस्तुत,चार ‌पालिकाको पारित 

२0७९ असार १२ आईतवार
उदयपुरका सबै पालिकाको नीति कार्यक्रम प्रस्तुत,चार ‌पालिकाको पारित 

उदयपुर

उदयपुृरका सबै स्थानीयतहको आगामी आर्थिकवर्ष ०७९÷८० को बजेट तथा नीति कार्यक्रम प्रस्तुत भएको छ । स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।     


प्रस्तुत नीति कार्यक्रम कतिपय स्थानीयतहले सोहीदिन र केहीले भोलिपल्ट पारित गरिसकेका छन् भने कतिपयको भने छलफल चलिरहेको छ । जिल्लाको रौतामाई गाउँपालिकाले प्रस्तुत गरेकै दिन नीति कार्यक्रम र बजेट सर्वसममत पारित गरेको जनाएको छ । ताप्ली गाउँपालिकाले पनि प्रस्तुत गरेको १० गतेकै दिन नीति कार्यक्रम र बजेट पारित गरिसकेको जनाएको छ । त्यसैगरी लिमचुङबुङ गाउँपालिकाले भोलिपल्ट अर्थात ११ गते पारित गरेको छ । 


रौतामाईले ५७ करोड ३४ लाख १६ हजार ३ सय ३० रुपैंयाको बजेटसहित नीति कार्यक्रम पारित गरेको छ । जस अनुसार ८ वटा वडालाई ४ करोड ८० लाख बिनियोजन गरेको रौतामाईले आर्थिक विकासतर्फ १ करोड ७ लाख ९९ हजार, सामाजिक विकासतर्फ १ करोड, भौतिक पुर्वाधार निर्माणमा ४ करोड ३० लाख बिनियोजन गरेको छ । त्यसैगरी वाताबरण तथा विपद व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासमा ११ लाख बिनियोजन गरेको गाउँसभाले अत्यावश्यक शीर्षकलाई विशेष प्राथमिक्ता दिएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए ।


अध्यक्ष गमरका अनुसार नीति तथा कार्यक्रमतर्फ पहिलेदेखि चल्दै आएका राम्रा कुराहरुलाई निरन्तरता दिदै नयाँ र सिर्जनसिल कमहरु गर्ने गाउँसभाले निर्णय गरेको छ । जस अुनसार यसअघि सञ्चालन हुँदै आएको ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’लाई निरन्तरता दिै थप प्रभावकारी बनाउने नीति पारित भएको छ । त्यस्तै गाउँपालिकामा शाखा रहेको प्रभु र मेगा बैंकसँग समन्वय गर्दै  सामाजिक सुरक्षा भत्ता वडाका पायक पर्ने केन्द्रहरुबाट वितरण गर्ने कार्यक्रम पास भएको छ । 


प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार रौतामाई गाउँपालिकालाई सुशासन र प्रविधिमैत्री बनाउने नीति गाउँसभाले पास गरेको छ । त्यस्तै पिछडिएका बर्ग, समुदाय, क्षेत्र र लिङ्गको उत्थानका लागि विशेष व्यवस्था गरी राज्यको मुल प्रवाहमा ल्याउने नीति पनि पास गरिएको छ । त्यसैगरी गाउँपालिकालाई सम्बृद्र बनाउन कृषि,पशु, पर्यटन, सहकारीलगायत पुर्वाधार विकासमा जोड दिने तथा सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्ड र नसिहतको भागीदार बनाइने नीति पनि पास भएको छ । 


आमजनसमुदायसँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिक्तामा राखेर अघि बढ्ने कार्यक्रम पास गरेको सभाले गाउँपालिकालाई आगामी दिनमा थप प्रविधिमैत्री र गुणस्तरीय बनाउँदै लाने नीति लिएको अधिकृत गुरुङले बताएका छन् । 


अन्य नगर र गाउँपालिकाको नीति कार्यक्रम र बजेटमाथि छलफल चलिरहेको छ । सदरमुकाम त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरसभामा प्रस्तुत बजेट र नीति कार्यक्रममाथि छलफल  चलिरहेको छ भने उदयपुृरगढी गाउँपालिकाको बजेटमाथि पनि छलफल भईरहेको जनाइएको छ ।