जीप दुर्घटना हुँदा बस्नेत ठहरै

२0७९ असार ७ मंगलवार
जीप दुर्घटना हुँदा बस्नेत ठहरै

उदयपुर

मदन भण्डारी लोकमार्गमा बोलेरो जीप दुर्घटना हुँदा त्यसमा सवार यात्रुको निधन भएको छ । बेलटारदेखि गाईघाट आउँदै गरेको बा ९ च ३८४६ नं. को जीप मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका १३ भातीखर्कमा दुर्घटनामा पर्दा ५२ वर्षीय कुमार बस्नेतको निधन भएको हो ।


साँझ सवा ६ः०० बजे आफै अनियन्त्रित भई भित्तामा ठोक्किन पुग्दा कानमा गहिरो चोट लागेर गम्भीर घाईते भएका त्रियुगा १३ कै पोर्ताहाका स्थायी बासिन्दा बस्नेत गम्भीर घाइते भएपछि जिल्ला अस्पताल गाईघाटमा उपचारार्थ लगिएको थियो । 


बस्नेतको उपचारकै क्रममा साढे ६ः०० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  । मृतकको शव अस्पतालमै पोष्टमार्टम भईरहको छ भने जिप चालक त्रियुगा १३ कै ३७ वर्षीय इन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको छ । 


दुर्घटना भए पनि सकुशल रहेका चालक चौधरीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष आचार्यले बताएका छन् ।