दिलकुमारी सुतेकै ठाउँमा मृत फेला

२0७९ असार ४ शनिबार
दिलकुमारी सुतेकै ठाउँमा मृत फेला

उदयपुर

यहाँकी एक महिला सुतेकै ठाउँमा मृत फेला परेकी छिन् । शनिबार विहान उदयपुरगढी गाउँपालिका ७ नागबेलीकी ३७ वर्षीया श्रीमति दीलकुमारी राई मृत भेटिएकी हुन् । 


जिल्ला प्रहरी कार्यालय उदयपुृरका अनुसार शुक्रबार राति खाना खाएर सुतेकी उनी विहान ओछ्यानमै मृत भेटिएकी हुन् । उनी मृत भेटिएको खवर विहान १०ः५५ बजे टेलिफोनमार्फत अस्थायी प्रहरी चौकी नेपालटारमा आएलगत्तै जिल्ला प्रहरी कार्यालयका निरीक्षकको कमाण्डमा टोली घट्नास्थल पठाइएको प्रहरीले जनाएको छ । 


टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यले बताए । 


मृतक खड्गबहादुर राईकी श्रीमति भएको बताइएको छ । घट्नाबारे विस्तृत अनुसन्धान सुरु भएको डिएसपी आचार्यले बताए ।