चट्याङले बेहोस बालकको होस खुल्यो

२0७९ असार ४ शनिबार
चट्याङले बेहोस बालकको होस खुल्यो

उदयपुर

चट्याङको आवाजले शनिबार विहान बेहोस् भएका बालकको होस खुलेको छ । सुनिरहेका बेला परेको चट्याङको आवाजले बेहोस भएका उदयपुृरगढी गाउँपालिका ४ डुम्रेका १४ वर्षीय इन्द्र थापामगरको उपचारको क्रममा होस खुलेको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विहान ३ः४५ बजे वर्षासँगै चट्याङ पर्दा त्यसको आवाजले इन्द्र ओछ्यानमै बेहोस भएका थिए । उनलाई उपचारार्थ जिल्ला अस्पताल गाईघाटमा ल्याइएको थियो । आकस्मिृक कक्ष (इमरजेन्सी) राखेरमा उपचार गराउँदा बालकको होस खुलेको अस्पतालका डा. आकांक्षा राईले बताईन् । 


चर्को आवाजका साथ परेको चट्याङले सुतिरहेको छोरा बेहोस् भएको घाईतेका बाबु सारद थापामगरले बताए । उनका अनुसार घाईते छोरार्लाइ तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएर इमरजेन्सीमा भर्ना गरिएको थियो । 


डा. राईका अनुसार बालकको होस खुलिसकेको र स्वास्थ्यमा क्रमिक सुधा भईरहेको छ ।