२
२0७९ जेष्ठ ३१ मंगलवारओखलढुङ्गा
ढुंगाले किच्दा ओखलढुङ्गामा एक बालकको ज्यान गएको छ । जिल्लाको चम्पादेवि गाउँपालिका(३ ताम्केडाँडामा साथीहरुसँगै रहेका ६ वर्षीय भीमबहादुर श्रेष्ठको ढंगाले किचेर ज्यान गएको हो ।
चम्पादेवी ३ स्थित पाखुरेडाँडामा साथीहरुसँग चुत्रो खान गएका स्थानीय ओतबहादुर श्रेष्ठका छोरा भीमको सोमवार साँझ साढे ५ः०० बजे अचानक भिरमाथिबाट झरेको ढुङ्गाले टाउकोमा लाग्दा ज्यान गएको हो ।
ढुंगा लागेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाबारे लाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटेको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।