बेलटारमा विद्युत सर्ट भएर आगो लाग्दा घर पसल स्वाहा

२0७९ जेष्ठ २७ शुक्रबार
बेलटारमा विद्युत सर्ट भएर आगो लाग्दा घर पसल स्वाहा

उदयपुर
बेलटार बजारमा गएराति एउटा घरमा आगलागी हुँदा घर र घरमा रहेको पसल 
 जलेर नष्ट भएको छ । बिहीबार राति ८ः४५ बजे विद्युत सर्ट भएर लागेको आगोले  चौदण्डीगढी नगरपालिका ७ बेलटारस्थित रामचन्द्र बस्नेतको घर र घरमा रहेको पसल जलेर नष्ट भएको हो । 


आगोले घर र घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, फेन्सी कपडा र जुत्ता चप्पल सबै जलेर भस्म भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इप्रका बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार आगलागीबाट १० लाख बराबरको क्षेति भएको छ । 


नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोली र स्थानीयबासीको सहयोगमा आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घट्नाबारे विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यले बताएका छन् ।