कृषि गणना सकियो

२0७९ जेष्ठ २३ सोमबार
कृषि गणना सकियो

उदयपुर

झण्डै डेढ महिनाअघि सुरु कृषि गणना सकिएको छ । जनताको घरदैलोसम्काेम पुगेर गरिएको गणनाको स्थलगत कार्य सम्पन्न भएकाे हो ।

 

केन्द्रीय तथ्यांक विभागकाे तालिका अनुसार उदयपुरमा कृषि गणनाको स्थलगत कार्य सकिएकाे जिल्ला कृषि गणना अधिकृत शिव नारायण महताेले बताए । उनका अनुसार
२०७९ बैशाख ६ गतेदेखि शुरु भएको गणना जेष्ठ १९ गते सकियेको हो ।

 

गणक तथा सुपरीवेक्षकहरुले स्थलगत तथ्यांक संकलनकाे कार्य सम्पन्न गरेर आवश्यक कागजात कार्यालयमा बुझाइरहेका छ्न ।निर्वाचनका बेलासमेत गणनाकस लसगि तथ्याङ्क सकलन कार्यमा कुनै कठिनाइ नभएको महताेले बताए । कृषकहरुले सत्य तथ्य विवरण दिएर अभियान सफल पार्न सहयाेग गरेकाे भन्दै कार्यालयको तर्फबाट अधिकृत महतोले सरोकारवाला, उत्तरदाता, गणक तथा सुपरिवेक्षकलाई धन्यवाद दिएका छन् ।

 

नेपाल सरकारले कृषि क्षेत्रको सर्वाङ्गीण विकास गरी कृषकहरूको जीवनस्तर सुदृढ गर्दै देशको समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउन कृषि गणना कार्य गर्दृ आएको छ । जस अनुसार तथ्यांकको आधारमा यससँग सम्बन्धित नीति तथा कार्यक्रमहरू बनाएर प्रभावकारी रुपमा लागु गर्न सहज होस् भन्ने सरकारको बुझाई छ ।

 

उन्नाइसौं शताब्दीदेखि नै कृषि गणना गर्ने प्रचलन सुरु भएको पाइन्छ । नेपालमा २०१५ मा केन्द्रीय तथ्यांक विभागको स्थापना भएपश्चात् करिब तीन वर्षकै छोटो अवधिमा पहिलो पटक सफलतापूर्वक कृषि गणना सम्पन्न गरिएको थियो । विभागले गरेको यस वर्षको कृषि गणना ६० वर्षपछिको हो ।

 

सरकारले ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सञ्गचालन रेको यो नेपालको सातौं राष्ट्रिय कृषि गणना हो ।