आफ्नै कोठामा करेन्ट लागेर राईको निधन 

२0७९ जेष्ठ २२ आईतवार
आफ्नै कोठामा करेन्ट लागेर राईको निधन 

उदयपुर

शनिबार राति विजुलीको झट्का लागेर उदयपुरमा एक पुरुषको ज्यान गएको छ । राति खाना खाएर सुत्न लाग्दा कोठाको ढोका लगाउने क्रममा करेन्ट लाग्दा चौदण्डीगढी नगरपालिका ४ का ४७ वर्षीय धनकुमार राईको ज्यान गएको हो । 


राति ९ः०० सुत्न लागेका राईलाई ढोका लगाउने क्रममा अकस्मात विजुलीको तारले छुदा गम्भीर घाईते भएका थिए । उनलाई उपचारार्थ तत्काल चौदण्डीगढी अस्पताल बेलटार लगिएकोमा आधा घण्टाभित्रै ज्यान गएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार मृतकको शव बेलटार अस्पतालमा पोष्टमार्टमको तयारी भईरहेको छ । इप्रका बेलटारको टोली घट्नास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान सुरु गरेको छ ।