वडाध्यक्षको घोषणाः सुत्केरीलाई ३ हजार, स्वास्थ्य चौकीबाटै मुटुको उपचार

२0७९ जेष्ठ २0 शुक्रबार
वडाध्यक्षको घोषणाः सुत्केरीलाई ३ हजार, स्वास्थ्य चौकीबाटै मुटुको उपचार

उदयपुर

त्रियुगा नगरपालिका वडा नंं १६ ले वडाबासीको स्वास्थ्य र सञ्चारमा पहुँच विस्तार गर्न नयाँ कार्यक्रम ल्याएको छ । शुक्रबार नवनिर्वाचित वडाध्यक्ष मानबहादुर राईले पदभार ग्रहण गर्दै नौलो सेवा दिने घोषणा गरेका हुन् । 


नेकपा (माओबादी केन्द्र)को तर्फबाट विजयी राईले पदभार सम्हाल्दै सुत्केही आमालाई पोषण भत्ता, वडाबासीलाई मुटु रोगको जाँच र उपचार तथा सञ्चार पहुँच पु¥याउने घोषणा गरेका हुन् । जस अन्तर्गत सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म जान–आउन निशूल्क एम्बुलेन्स सेवा तथा नवजात शिशु र आमाको स्वास्थ्यमा पोषण खर्चवापत ३ हजार भत्ता सहयोग गर्ने घोषणा गरेका छन् । 


राईले वडाबासीको स्वास्थ्यमा पहुँच बिस्तार गर्न सहरी स्वास्थ्य केन्द्र सुकौरामै मु्टु रोगको जाँच र उपचार गर्न इसिजी सेवा सञ्चालन गर्ने तथा सञ्चार सुविधा प्रभावकारी र नियमित गराउने बताएका छन् । बिकट पहाडी भेग भएकाले अहिलेसम्म वडाका सबै गाउँ बस्तीमा मोवाईल नलाग्ने समस्याको अन्त्य गर्न सिम्ले बस्तीमा टावर निर्माण गरी सञ्चारको पहुँच पु¥याउने उनको घोषणा छ ।    वडाध्यक्ष राईले दोस्रो कार्यकालमा सबै वडाबासीलाई स्वास्थ्य, सञ्चार, शिक्षा, विद्युत, सडक र खानेपानी सुविधायुक्त बनाएर प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएका छन् । यसअघि पनि वडाध्यक्ष रहेका राई यसपटकको चुनावमा अत्याधिक बहुमत ल्याएर दोहोरिएका हुन् । राईलाई खसेकोमध्ये ६४ प्रतिशत मत परेको छ । 


अघिल्लो ५ वर्षे कार्यकालमा कृषि विकासमा जोड दिन ‘एक घर एक भैसी, खाउँ दुध नखाऔं रक्सी’ भन्ने नाराका साथ किसानलाई अनुदानमा भैसी बितरण गरेका थिए । सो कार्यक्रमले भैंसी पालनबाट धेरै किसानको आर्थिक प्रगति भएको तथा जाँड रक्सी प्रयोगमा निरुत्साहित बनाएको हुनाले वडाबासी प्रभावित छन् । 


त्यस्तै हरेक बस्तीसम्म नयाँ सडक निर्माण, विद्युत र खानेपानीको कतै अभाव हुन नदिएको तथा शिक्षामा हरेक विद्यालय भवन, फर्निचर र दरबन्दीयुत्तः बनाएको उनको दावी छ । अघिल्लो कार्यकालमा सुरु गरेर अधुरो रहेका सबै योजनालाई पुरा गर्ने तथा नयाँ जनमुखी र आर्थिक उपार्जनका योजनाहरु ल्याएर वडाबासीलाई समृद्ध बनाउने उनको अवधाराण छ । 


बिभिन्न जनमुखी कार्यक्रममार्फत वडामा लोकप्रिय भएका राईसँगै अन्य ४ सदस्यको प्यानलै माओबादीबाट निर्वाचित भएको छ । यस पटक पनि दोहोरिएका वडाध्यक्ष राईलगायत ४ जना सदस्य सबै अघिल्लो कार्यकालकै जनप्रतिनिधि हुन् । महिला सदस्यमा गोमा कार्की, खुल्ला सदस्यमा घमानसिंह राई र रामनारायण श्रेष्ठ तथा दलित महिला सदस्यमा कुन्दी परयिार यसअघि पनि तत्तत् पदमा निर्वाचित थिए । 


वडा सदस्य कार्की भने यसअघि नगर कार्यपालिका सदस्यसमेत थिईन् । सबैले राम्रो काम गरेका कारण वडाध्यक्षदेखि सदस्यसम्म प्यानलै टिकट पाएर पुनः दोहोरिने मौका पाएको माओबादी नगर कमिटी अध्यक्ष गीता खड्का कार्कीले बताईन् । अध्यक्ष कार्कीका अनुसार माओबादीले यस पटकको चुनावमा वडा नं. १६, १५ र १४ मा प्यानलै र वडा नं. ६ मा वडा सदस्य गरी १६ सिट जितेको छ ।