एनआरएनको सम्पत्ति भित्र्याउनुपर्छः मन्त्री कार्की

२0७९ जेष्ठ १८ बुधबार
एनआरएनको सम्पत्ति भित्र्याउनुपर्छः मन्त्री कार्की

उदयपुर

्प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली (एनआरएन)को बौद्धिक र भौतिक सम्पत्ति नेपाल भित्र्याउनु पर्नेमा जोड दिएका छन् । मन्त्री कार्कीले एनआरएनको सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्ने भन्दै राज्यले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।


बेलायतको स्कटल्याण्डस्थित इडन बर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले एनआरएनसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके देश विकासमा टेवा पुग्न सक्ने बताए । भूकम्प जाँदा वा बाढीपीडित हुनेका लागि मात्र होइन एनआरएनहरुले देश विकासका लागि धेरै क्षेत्रमा लगानी गर्दै आएका छन्” मन्त्री कार्कीले भने “विदेश बस्ने नेपालीहरु फुटेर होइन जुटेर आए संघ र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँन सक्छ ।’


विदेश बस्दै आएकाहरुको छाता संगठन (एनआएनए)ले आयोजना गरेको एक कार्यक्रममा कार्कीले एनआरएनहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरु बनाउनुपर्ने बताए । एनआरएनहरुको सन्ततीको नागरिकता निरन्तरताका लागि माग उठ्ने गरेको र यो विषयलाई आफूले नेपाल सरकारसमक्ष राख्दै आएको पनि बताए । 


कार्यक्रमा एननआरएनए स्कटल्याण्डका सभापति काशिराम भण्डारीले गैरआवासीय नेपालीहरु लगानी गर्न तयार रहेको तर कानुनी झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताए । कानुनी रुपमा सहज व्यवस्था गर्नसके विदेश बस्ने नेपालीहरु आफ्नै ठाउँमा आएर काम गर्न उत्सुक रहेको उनले बताए । 


एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा वा बाढी पीडितलाई संस्थागत सहयोग गर्ने मात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताउँदै त्यसका लागि सरकारले सकारात्मक पहल गनुर््पर्ने बताईन् । कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्वल कार्की, स्कटल्याण्ड राज्य समिति संरक्षक भोला खनाललगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए ।